मर्चेन्ट बैंकरले नै प्रत्याभूति गर्न नपाउने

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम गरेको मर्चेन्ट बैंकले सोही कम्पनीको सेयर निष्कासनमा प्रत्याभूति गर्न नपाउने भएको छ । नेपाल धितोपत्र बोर्डले आइतबार निर्देशन जारी गर्दै बिक्री प्रबन्धकको काम गरेकाले प्रत्याभूति नगर्न भनेको हो । धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) आधारभूत सेयरधनी रहेको तथा मुख्य कम्पनीको धितोपत्रको निष्कासन तथा बिक्री प्रबन्धसम्बन्धी कार्य गर्दा स्वार्थ बाझिने भन्दै काम नगर्न भनेको हो ।
धितोपत्रको सार्वजनिक निष्कासनमा निष्कासन तथा बिक्री प्रबन्धकले धितोपत्रको प्रत्याभूति गर्दा स्वार्थ बाझिन सक्ने भएकाले स्वयंले दुवै काम नगर्न भनेको हो । निष्कासन तथा बिक्री प्रबन्धकले आपूm आधारभूत सेयरधनी रहेको कम्पनीको धितोपत्रको निष्कासन तथा बिक्री प्रबन्धसम्बन्धी कार्य नगर्न मर्चेन्ट बैंकरलाई निर्देशन दिएको हो । साथै बोर्डले निष्कासन तथा बिक्री प्रबन्धकले आफ्नो मुख्य कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धसम्बन्धी कार्य नगर्ने निर्देशन दिएको हो । यो व्यवस्थाबाट धितोपत्रको निष्कासनको काम थप व्यवस्थित भई अझ स्वच्छ, स्वतन्त्र तथा पारदर्शी हुने बोर्डले अपेक्षा गरेको छ ।