जिपबारे ८ तथ्य

काठमाडौं – अमेरिकामा जिप भन्नाले एउटा निश्चित ब्रान्ड वा निर्माता भनेर चिनिन्छ, तर अन्यत्र जिप भनेको अफरोड क्षमता भएको एसयूभी वा क्रसओभर भन्ने बुझिन्छ । खासमा मानिसहरूले नबुझेर एसयूभीलाई जिप भनेका हुन् । जिप भन्ने विश्वकै पहिलो एसयूभी हो र यो अफरोडका लागि संसारमै लोकप्रिय छ ।
जिपले एक वर्षअघि आफ्नो ७५औं स्थापना दिवस मनाएको थियो । यो अफरोड ब्रान्ड अमेरिकामा मात्र होइन, विश्वमै प्रतिष्ठित छ । सबै भौगोलिक अवस्थामा मिल्ने एसयूभी र क्रसओभरको रेन्ज भएको जिपले सात दशकमा आफूलाई समयानुकूल परिमार्जित गर्दै लगेको छ । आज एसयूभीका पारखीहरू आफ्नै जिप ब्रान्डका गाडीमा कुद्न रुचाउँछन्, चाहे त्यो ¥याङ्लर होस् वा सेरोकी । जिप किन्नु र अन्य ब्रान्डका गाडी किन्नुमा पक्कै पनि भिन्नता छ । जिपधनीहरू त्यो समुदाय र संस्कृतिका हिस्सा हुन् जो अन्य ब्रान्डका चालकले अनुभव गरेका हुँदैनन् ।
सांस्कृतिक रुपमा जोडिएको समुदायले मात्र जिपलाई गज्जबको बनाएको छैन । जिप, यसको इतिहास र यो ब्रान्ड कसरी आजको स्थितिसम्म आयो भन्नेबारे सयौं रोमाञ्चकारी तथ्यहरू पनि छन् । जिपका केही तथ्यहरूबारे यहाँ चर्चा गरिएको छ ।
सैन्य जड
पहिलो आधिकारिक जिपका मोडलहरूको निर्माण सैन्य प्रयोजनका लागि अमेरिकन बान्टम कार कम्पनीले अमेरिकाको पेनसिल्भानियामा गरेको थियो । पहिलो जिप सन् सन् १९४० मा बाल्टिमोरस्थित अमेरिकी आर्मी क्याम्पलाई उपलब्ध गराइएको थियो । तर जिप निर्माणको स्वामित्व अन्ततः विलिस–ओभरल्यान्डले लियो । विलिस–ओभरल्यान्डले नै अमेरिकी सेनाका लागि पहिलो जिप ‘¥याङ्लर’ निर्माण गरिदिएको थियो ।
फोर्डका लागि बनाइएको सिग्नेचर ग्रिल
जिपको कुनै पनि मोडलको पहिचान हेडलाइटमा जोडिएको सिग्नचर ग्रिल हो । जिपका सबै भेरियन्टमा यो ग्रिल हुन्छ । वास्तवमा यो सिग्नेचर ग्रिल फोर्डका लागि भनेर बनाइएको थियो ।
सातवटा स्लट भएको ग्रिल कुनै समय १३ वटा थिए । सन् १९४० मा बनेको पहिलो जिपमा अहिलेजस्तो सात वटा स्लट थिएनन्, बरु १३ वटा थिए । सन् १९४१ मा ग्रिलमा स्लटको संख्या घटाएर नौ पुराइयो र अन्ततः सात बनाइयो । अहिले बन्ने जिपका सबै गाडीमा यी सात वटा स्लट भएको सिग्नेचर ग्रिल पाइन्छ ।
राष्ट्रपतिसँग पनि जिप
अमेरिकी राष्ट्रपतिका लागि सबै ब्रान्डका गाडी महत्वपूर्ण हुँदैनन् । तर जिप अपवादमा पर्छ । तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनसँग जिप सीजे८ मोडल थियो र उनी क्यालिफोर्नियामा यो गाडी कुदाउँथे ।
रुचाइएन वर्गाकार हेडलाइट
अगाडि उल्लेख गरिएझैं जिपको सबैभन्दा चिन्न सकिने डिजाइन भनेको फ्रन्ट ग्रिल हो । यो डिजाइन सबैभन्दा प्रिय थियो । एक पटक यसको डिजाइनमा परिवर्तन ल्याएर वर्गाकारको हेडलाइट बनाइएको थियो । तर जिपप्रेमीहरूले यसको विरोध गरे । उनीहरू सडकमा आएर दंगा त गरेनन् तर ग्राहकको चाहनालाई कम्पनीले सम्मान गरेर फेरि उहि पुरानो डिजाइनको ग्रिल बनाउन थाल्यो ।
नाममा के छ ?
जिपलाई ‘अफरोड सवारीको राजा’ मानिन्छ । त्यसैले नयाँ मोडलको नाम राख्दा कम्पनीले निकै सोचविचार पुराउँछ । ¥याङलरको रुबिकन मोडलको डिजाइन गर्दा नाम फुरेको थिएन । लामो समयको ‘ब्रेनस्ट्रोमिङ’पछि नयाँ ‘रग्ड’ ¥याङलरको नाम रुबिकन राखियो । यसको नाम संसारकै सबैभन्दा कठीन सडक रुबिकन ट्रायलबाट साभार गरिएको हो ।
जिप सेरोकीको लोकप्रियता
जिप ब्रान्डको लाइनअपमा जिप सेरोकी सबैभन्दा चर्चित भेरियन्ट हो । कठोरता र सभ्यता दुवै गुणलाई समावेश गरेर यसको डिजाइन गरिएको थियो । यसलाई मानिसहरूले सजिलै चिन्न सक्छन् । सेरोकी अझै पनि अमेरिकामा सबैभन्दा बढी लोकप्रिय एसयूभीमा पर्छ र यो जिप ब्रान्ड लाइनपकै सबैभन्दा बढी बिक्री भएको सवारी हो ।
पर्पल हार्टबाट सम्मानित
जिपको सैन्य इतिहासबारे धेरैलाई थाहा भए पनि दोस्रो विश्वयुद्धमा उसले निभाएको भूमिकाबारे थाहा नहुनसक्छ । युद्धताका एउटा जिप निभाएको भूमिकालाई कदर गर्दै अमेरिकी सेनाले पर्पल हार्टले सम्मान गरेको थियो । पर्पल हार्ट युद्धमा घाइते भएका अमेरिकी सेनालाई दिइने सम्मान हो र यो प्रतिष्ठित पुरस्कार पनि हो ।
ढोका छैन ? नो प्रोब्लम
जिप ¥याङलर अरु गाडीभन्दा धेरै फरक छ । एउटा भिन्नता ढोका पनि हो । जिप ¥याङलर विश्वको एउटैमात्र गाडी हो, जसमा ढोका अनिवार्य छैन । कम्युटर क्रसओभरबाट अफरोड मेसिनमा परिमार्जित गरिएको ¥याङलरको डिजाइनलाई मान्नैपर्छ ।
(एजेन्सीहरूको सहयोगमा)