रुस–चीनसँग डरायो अमेरिका, हाइपरसोनिक क्षेप्यास्त्र बनाउदै «

रुस–चीनसँग डरायो अमेरिका, हाइपरसोनिक क्षेप्यास्त्र बनाउदै

वासिङटन-रुस तथा चीनबाट आएको खतरालाई मध्यनजर गर्दै अमेरिकाले पनि अब घातक हाइपरसोनिक क्षेप्यास्त्र बनाउने भएको छ । अमेरिकी वायु सेनाले हाइपरसोनिक क्षेप्यास्त्र बनाउन १ अर्ब डलर लाग्ने जनाएको छ । हाइपरसोनिक क्षेप्यास्त्रको डिजाइन र विकासका लागि ९२ करोडको सम्झौता गरिएको पनि सेनाले जनाएको छ । यो क्षेप्यास्त्र आवाजको तुलनामा ५ गुणा छिटो प्रहार हुनेछ ।
चीन र रुसले यो भन्दा पहिलेनै हाइपरसोनिक क्षेप्यास्त्रको परिक्षण गरिसकेका छन् । फेब्रुअरीमा अमेरिकाले पनि यो क्षेप्यास्त्रको परिक्षण गरेको थियो । तर सफल भएको थिएन । यो क्षेप्यास्त्र विश्वभरीको कुनै पनि क्षेत्रमा मार हान्न सक्ने क्षमताको छ । रुसले पनि मार्चमा हाइपरसोनिक क्षेप्यास्त्रको परिक्षण गरेको र सफल भएको दावी गरेको थियो । यी दुई देशद्वारा गरेको घातक क्षेप्यास्त्रको परिक्षणपछि अमेरिकाले पनि आफ्नो सुरक्षाका लागि यस्तै घातक हतियार निर्माणको तयारी गरेको हो ।
हाल अमेरिका र रुसबीचको सम्बन्ध खराब स्थितिबाट चलिरहेको छ । सिरियामा भएको भनिएको रासायसनिक हमलापछि राष्ट्रपति ट्रम्पले रुससँगको सम्बन्ध शीत युद्धको भन्दा पनि खराब भएको बताएका थिए । उता साउथ चाइना सीको विषयलाई लिएर चीनसँग पनि अमेरिकाको तनाव कायमै रहदै आएको छ । यो हाइपरसोनिक क्षेप्यास्त्र १ घन्टाभित्रमा विश्वको कुनै पनि कुनामा हमला गर्न सक्षम हुने बताइएको छ । अमेरिकाले पहिले पनि यस किसिमको क्षेप्यास्त्र परिक्षणको विषयमा बोलेको थियो ।
यो क्षेप्यास्त्रको गति एक पटक लन्च गरेपछि यसलाई रोक्न असम्भव हुने किसिमको छ । यो क्षेप्यास्त्र पहिला वायुमण्डतर्फ जान्छ र वायुमण्डलमै तीव्र गतीका साथ प्रवेश गर्छ । यसै कारणले यो क्षेप्यास्त्र थप घातक भएको बताइएको छ । यो क्षेप्यास्त्रलाई जेट विमानबाट पनि लन्च गर्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्