Logo

पनौतीको विहावर क्षेत्रमा पर्यटन महोत्सव हुने

पनौती नगरपालिकाको विहावर क्षेत्रमा पर्यटन महोत्सव हुने भएको छ । कुशादेवी क्षेत्र सरोकार समाजको आयोजनामा यही वैशाख १५, १६ र १७ मा विहावर महोत्सव हुन लागेको हो ।
पर्यटन आकर्षणका लागि जिल्लामा नै पहिलो पटक प्याराग्लाइडिङ सोही महोत्सवमा उडान गरिनेछ । ३ दिनसम्म चल्ने महोत्सवमा कुशादेवीको नयाँगाउँस्थित गुर्दुम डाँडाबाट कुशादेवी बजारसम्म प्याराग्याइडिङ खेल्न पाउने गरी ११ वटा प्याराग्लाइडिङ व्यवस्थापन गरिएको महोत्सव आयोजना मूल समारोहका सचिव श्रीकृष्ण थापाले जनाकारी दिए ।
महोत्सवमा ट्राउट माछा, अर्गानिक मह, दूधका विभिन्न परिकार, ढिंडो, गुन्द्रुक, मकैका पिठोका परिकार, विहावर भेगमा उत्पादन हुने तरकारी तथा फलफूल र तिनका परिकार स्टलका रूपमा रहने सचिव थापाले बताए । महोत्सवमा हाफम्याराथन, साइक्लिङ र हाइकिङको समेत व्यवस्था गरिएको छ । गुर्दुमडाँडा र नागीडाँडाबाट सगरमाथा, गणेश, माछापुच्छे«लगायत हिमश्रृंखलाहरूको दृश्य अवलोकन गर्न सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्