Logo

एनबीआईले जोशीसँग गर्यो सम्झौता

 नेसनल बैंकिङ इन्स्टिच्युट (एनबीआई)ले बैंकिङ डिजिटाइजेसनका विज्ञ राहुल जोशीसँग नयाँ सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । आफ्नु जीवनको लगभग २ दशकसम्म एक्लै भारतको सबैभन्दा ठूलो निजी बैंक आईसीआईसीआईको डिजिटल नीति सम्हाल्दै आएका राहुल जोशी मुम्बईका बासिन्दा हुन् । यस सम्झौताअनुरूप एनबीआईले नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई डिजिटाइजेसनका सम्बन्धमा परामर्श सेवा प्रदान गर्ने भएको छ । यसबाट बैंक तथा वित्तीय संस्थाहरूले डिजिटाइजेसनलाई एक प्रकारको व्यापारिक रणनीतिको रूपमा लिएर अगाडि बढी निकै प्रभावकारी ढंगले ग्राहक तथा व्यापार व्यवसायलाई अभिवृद्धि गर्न सक्षम हुने पनि एनबीआईले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्