भिभो मोबाइलमा घडी उपहार «

भिभो मोबाइलमा घडी उपहार

विभिन्न कम्पनिको मोबाइलको बिक्री वितरण गर्दै आएको भैरहवास्थित पशुपति ट्रेड लिंकले आफ्ना ग्राहकहरूका लागि एउटा भिभो कम्पनीको मोबाइल खरिद गर्दा एउटा घडी उपहार योजना ल्याएको छ ।
कम्पनीका प्रबन्ध निर्देशक गिरीश मणि त्रिपाठीले नयाँवर्ष २०७५ को अवसर पारी भिभो कम्पनीको मोबाइल खरिद गर्ने सबै ग्राहकलाई एउटा घडी उपहार दिने योजना ल्याएको र यो योजना आफ्नै खर्चमा सुरु गरेको समेत जनाए । यो योजनाले भिभो कम्पनीको मोबाइलको मार्केटिङसँगै प्रवद्र्धन र बिक्री बढ्ने अपेक्षा रहेको त्रिपाठीले जनाए ।
भिभोको वाई ७१, वाई ५३, वाई ६५, भी ७ र भी ९ ब्रान्ड अहिले चल्तीका छन् । तिनीहरूको मूल्य १४ हजार ६ सयदेखि ३८ हजार रुपैयाँसम्म रहेको उनले बताए । यो योजना सीमित अबधिका लागि मात्र रहेको त्रिपाठीले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्