कर्णालीमा किशोरी शिक्षाको दूरावस्था «

कर्णालीमा किशोरी शिक्षाको दूरावस्था

नेपालमा अझैपनि छोराछोरीबीचको विभेद अन्त्यमा अपेक्षाअनुसार उपलब्धि हासिल हुन सकेको छैन् । सरकारले छोराछोरी लाई स्वास्थ्य, शिक्षा, तथा विभिन्न अबसर सम्मान तरिकाले दिने नीति भने ल्याएको छ । तर सहरी क्षेत्रमा केही शिक्षित व्यक्तिहरूले छोराछोरी बिचको कुनै भेदभाव त्यति राखेको पाइँदै् ।
तर, दुर्गम कर्णाली क्षेत्रका ग्रामिण बस्तीहरूका किशोरीहरू अझै पनि शिक्षाको पहुँचबाट टाढानै छन् । पराई घरमा जाने छोरीलाई पढाउननु हुदैन, छोरीहरू घरधन्दा मेलापातमा नै सहि छ, पढेर केनै गर्न सक्छन्, र भन्ने जस्ता गैरमानसिकतामा अझै घाम लागेको छैन ।
छोरा छोरीले रहेक क्षेत्रमा सम्मान अबसर पाउनु पर्छ भनेर । पछिल्लो समय सानै उमेरमा विबाह गर्ने,बसाई सराई गर्ने, बिचैमा सामुदायिक विद्यालयबाट निजि विद्यालयमा जाने, कालापहाड जाने लगायत कारणले गर्दा जुम्ला सहित कर्णालीका प्राय किशोरीहरू विद्यालय क्षेत्रबाहिर रहेका छन् ।
संख्याको हिसाबले विद्यालयमा छात्रभन्दा छात्राहरू बढि भएपनि एसईई दिने बेलामा मात्रै बढि किशोरी आउने गरेपनि पा्रवि देखि माध्यमिक स्तर सम्म जान्जेल सम्म ६० प्रतिशतले किशोरी घट्ने गरेको पाइएको छ । किशोरीहरूलाई विद्यालय क्षेत्र सम्म पुराउने भएका विभिन्न कार्यक्रमहरूले पनि उपलब्धी हासिल गर्न सकिएको अबस्था छैन् । किशोरी मैत्री शिक्षा दिने छोराछोरी विचको भेदभाव गर्ने सरकारको योजना मात्रै कार्यान्वयन नहुँदा उलपब्धी शुन्य । बदलिदो समयमा छोरीहरू मेलापात र छोराहरू मात्रै विद्यालय जाने, सरकारले योजना समृद्ध राष्टको योजना मात्रै बनाउने हो । भने, आखिर परिणाम कहिले देखिने ? थोरै योजनाबाट बढि काम र उपलबधी हासिल गर्न अब संघिय सरकार लाग्नु आबश्यक छ ।

१० प्रतिशत किशोरी विद्यालयबाहिर
जुम्लाका १० प्रतिशत किशोरी अहिले पनि विद्यालयको पहुँचमा छैनन् । माथि उल्लेख गरिए झै विभिन्न कारणले यहाँका किशोरी विद्यालय जानबाट बन्चित छन् । प्रावि, निमावी र माध्यमिक गरी जुम्लामा १ सय ६९ वटा विद्यालय छन् ।
भने, विद्यार्थी जुम्लाका सामुदायिक विद्यालयमा मात्रै ३६ हजार १ सय ८३ जना विद्यार्थी अध्ययरत छन् । त्यसको १० प्रतिशत विद्यार्थी अर्थात ( ३ हजार ६ सय १८ ) जना किशोरीहरू विद्यालय क्षेत्र भन्दा बाहिर छन् । तर यस विषयमा शिक्षा संग सरोकार राख्ने निकायहरू कुनै चासो दिदैनन् ।
प्रत्येक वर्षको शैक्षिक शत्रमा किशोरीहरूको संख्या बढाउने लक्ष्य राख्ने तर विद्यालय भर्ना हुदै छोड्दै गरेका हरूको विषयमा कुनै चासो नदिँदा विद्यालय बाहिर जाने किशोरीहरूको संख्या बढ्न थालेको भगवानी प्रावी तातोपानीका प्रधानाध्यापक अर्जुन बुढाले बताए । यस विषयमा अब गाउँ शिक्षा समितिले विशेष ध्यान दिनु पर्ने उनको भनाई छ ।
जुम्लामा प्रावि ९१, निमावी ३० र माध्यमिक विद्यालय ४८ वटा रहेका छन् । ईसिडिमा २९५६, प्रावितहमा छात्र छात्रा गरी, १९ हजार २ सय ८४, निमावी तहमा ७ हजार ७ सय २९, माध्यमिक तहमा ४ हजार १ सय ४१ जना छात्रछात्राहरू अध्यायनरत रहेको जिल्ला शिक्षा कार्यालय जुम्लाका शाखा अधिकृत महेशदत्त देवकोटाले बताए ।
उनका अनुसार यसमा पनि सदरमुकाम क्षेत्र भन्दा ग्रामिण बस्तीका किशोरीहरू बढि विद्यालय क्षेत्र बाहिर छन् । यस विषयमा स्थानीय सरकारले अब विशेष ध्यान दिएर किशोरी मैत्री कार्यक्रम गर्न आवश्यक रहेको छ ।

विद्यालय छोड्ने दलित किशोरी बढी
जुम्ला जिल्लाको तथ्यांक हेर्दा बिचमै पढाई छोडेर विदालय बाहिर जाने दलितका किशोरीहरू बढि रहेका छन् । विद्यालय बाहिर रहेका जुम्लाका ३ हजार बढि किशोरीमध्य ७५ प्रतिशत दलित किशोरी रहेका छन् । अझै पनि कर्णालीका दलित समुदायले छोरीलाई पढाउनु पर्छ । छोरीले केहि गर्न सक्छन् भन्ने मानसिकता छैन् । जसले दलित समुदायका किशोरीहरू विद्यालय क्षेत्र भन्दा बाहिर छन् ।
बालबच्चा धेरै छन् । त्यसमा पनि छोरा पाउने भन्दा भन्दै ५ छोरी भईन, जुम्ला कुडारीका कर्ण सार्कीले भने, कसलाई पढाउने कसलाई नपाढाउने घरमा राम्रो आयस्रोत पनि छैन् । त्यसै कुनै छोरीलाई राम्रो शिक्षा दिन नसकेको सार्कीले बताए ।
दुई छोरीले विबाह गरिसकिन, ३ जना बाँकी छन् घरको काममा आमालाई सघाउन्छन् । विद्यालय ४-५ कक्षा पढेर छाडेको सुनाए । धेरैका कथाहरू यस्ता छन् । उनिहरूको एकमात्रै आशा कुनै दाता तथा सरकारले निशुल्क पढाउन व्यवस्था गरिदिए पढाउन आशा छ । आर्थिक अभावले नपढाएपनि कसैले त अर्का घरमा जाने छोरीलाई पढाएर के काम भन्ने जस्ता मनसायका कारण दलित समुदायका किशोरी विद्यालय बाहिर बढि भएको विद्यालय निरिक्षक खडानन्द चौलागाईले बताए ।
उनका अनुसार, दलित समुदाय लक्षित कार्यक्रम संचालनमा अबको स्थानीय सरकारले पहल गर्नु पर्ने उनको सुझाब छ । जसले विद्यलाय बाहिर रहेका किश्वरीलाई शिक्षाको पहुँचमा ल्याउन सकिन्छ ।

आर्थिक अवस्थाले भ्याएन पढ्न
सरकारले दलित छात्रबृत्तिका रूपमा दिने रकमले वर्ष भरी कापी कलम पनि किन्न पुग्दैन् तातोपानी गाउँवपालिका २ की अनिता दमाईले भनिन, घरमा दुईजना दाई छन् । हामी सबै पढाउने खर्च धान्न सक्ने अबस्था छैन् । पढाई छोड्नु रहर नभई बाध्यता भएको उनको दुखेसो छ । अनिता दमाई एक प्रतिनिधि पात्र मात्रै हुन । उनको जस्तै दुखेको जुम्लाका धेरै किशोरीहरूको छ । पढ्ने रहर हुँदा पनि आर्थिक अबस्था कमजोर भएपछि विद्यालय छोड्नुको विकल्प अरु छैन् ।
अलिकति नाम लेख्ने सम्म् भए हामीलाई पुरा ह्ुन्छ । तातोपानीकै माया नेपाली भन्छिन, उच्च शिक्षा पढाउन्जेल सम्म खर्च धान्न ग्राह्रो हुन्छ । छोरालाई लगानी गर्ने कि छोरीलाई आमा बाबु पनि दोधार हुन्छन,। त्यसैले विचमै आफुले पढाई छोडेको माया नेपालीले बताईन । घरको अबस्था कमजोर भएकोले विहान बेलुका छाक जुटाउन मजदुरी गर्छु ।
विद्यालय जाने फुर्सद नभएको चन्नदनाथ नगरपालिका ३ की एशोदा सार्कीले बताईन । छात्रबृत्रिले न पोशाक किन्न पुग्यो नत कापी कलम किन्न पुग्थ्यो त्यसैले रहर हुँदा पनि पढाई छोड्नु बाध्यता जस्तै गएको सार्की आफ्नो दुख सुनाईन । कापी कलम किन्न पनि नपुग्ने छात्रबृति दिनु भन्दा सरकारले बरु आर्थिक अबस्था हेरेर निशुल्क पढ्ने व्यवस्था गर्नु पर्ने किशोरीहरूको माग छ ।
स्थानियका अअनुसार तातोपानी गाउँपालिका २ नम्बर निवासी हर्केश दमाईकी छोरी कक्षा ५ मा पढ्न उनको ४ कक्षाको भर्ना देखि वर्ष झण्डै २० हजार खर्च लाग्ने बताउँछन् । वर्षभरी दुईखाले डे्रस, ट्युसन, कापीकलम लगायत अन्य खर्चका कारण शिक्षा महंगो भएको उनको गुनासो छ । त्यस्तै तातोपानीकै राँकाका स्थानीय दिलमाया शाहिकी छोरी बोर्डिङ स्कुलमा अहिले २ कक्षा पढ्छन् गाउँमै तर उनको पनि खर्च झण्डै २५ हजार बढि वर्षमा हुन्छ । त्यस्तै रण बुढाका नाती हिम शिखर माविमा कक्षा ४ मै पढ्छन् । उनका अनुसार गाउँकै विद्यालय भएर होला १० हजार देखि १५ हजार वर्षमा खर्च हुने उनले बताए । यस्तै, कालो कामीकी छोरी अहिले ६ कक्षा पढ्दा पढ्र्दै आर्थिक अभावले नपढाएको उनले बताए।
सदरमुकामका निजि विद्यालयहरूमा गाउँकाबाट पढाउदा र्नसरी देखि ३ कक्षा सम्मको प्रत्येक वर्षको खर्च झण्डै ३० हजार बढि आउने गरेको स्थानियले बताएका छन् । जुम्लाका प्रया स्थानियहरूले सरकारले दिने छात्रबृद्धि प्रयाप्त नहुने बताएका छन् । आर्थिक अबस्था कमजोरका भएकै कारण शिक्षाबाट बन्चित किशोरीहरू लाई विद्यालयको पहुँचमा ल्याउन कुनै सहयोगको अपेक्षा रहेको भगवानी प्रथामिक विद्यालयका प्रधानाध्यापक अर्जुन बुढाले बताए ।

शिक्षा क्षेत्रमा स्थानीय सरकारको योजना
हरेक स्थानीय सरकारले गुणस्तरी शिक्षा,आर्जनका लागि लाखौ बजेट छुटाएको बताईरहेका छन् । परिणामा ग्रामिण बस्तीका किशोरी बिचमै विद्यालय छोडर बाहिररहेका छन् । त्यस तर्फ स्थानीय सरकार चासो दिएको छैन् ।
नागरिक समाज जुम्लाका संयोजक राज बहादुर महतले भने, लाखौ बजेट छुटाउनु भन्दा किशोरी शिक्षा कार्यक्रमहरूलाई जोड दिनु पर्छ । जसले विद्यालय बाहिर रहेका किशोरालाई शिक्षाको पहुँचमा ल्याउन सहज हुने उनको बुझाई छ ।
३६ हजार बढि जुम्लाका विद्याथी मध्य ६० प्रतिशत किशोरी भएपनि १० प्रतिशत अहिले सम्म विद्यालय बाहिर हुनु दुखद पक्ष हो । चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले भनिन, सबै किशोरीको तथ्यांक संकलन गरी विद्यालयको पहुँचमा ल्याउन विशेष पहल गरिने बताईन ।
शिक्षा क्षेत्रको विकासका लागि छुटाइएको बजेट किशोरी शिक्षामा लगानी गरे उपलब्धी हासिल गर्न सकिने उनको आशा छ । शिक्षा क्षेत्रको विकासका लागि योजना सबै स्थानीय तहले बनाएका छन् । यस भन्दा अगाडी केन्द्रिय सरकारले पनि अरबौ शिक्षामा लगानी गरेको थियो । उपलब्धी देखिएन ।
जिल्ला समन्वय समितिका प्रमुख लाल बहादु्र सार्कीले भने, अब किशोरी शिक्षा कार्यक्रममा जोड दिदै उनिहरूको इच्छाअनुसारको सिप सिकाउनु जस्ता कार्यक्रम गर्न स्थानीय तहलाई निर्देशन दिने बताए । स्थानीय तहले लाखौ छुटाएर नानाथरी काम गर्छौ भनेर योजना मात्रै बनाएर समृद्धी हुदैन जिल्ला शिक्षा अधिकारी नारयण प्रसाद श्रेष्ठले भने, थोरै योजनामा बढि उपलब्धी मुलक काम गर्न तर्फ स्थनिय सरकार लाग्नु पर्ने उनको सुझाब छ । नभए लाखौ, करोडौका योजना मात्रै बनाउने तर लागु नगर्ने भए योजनाले मात्रै परिवर्तन सम्भव भन्दै योजना कार्यान्वयमा विशेष ध्यान सबैको जोड छ ।

किशोरी मैत्री वाताबरण नहुनु
किशोरीहरू विद्यालयको पहुँचबाट बाहिरनुको अर्को मुख्य कारण विद्यालयमा उपयुक्त किशोरी मैत्री वाताबरण नहुनु पनि हो । छात्रछात्राको छुटा्छुटै शौचालय नहुनु, महिनावारी हुँदा प्याड चेन्ज गर्ने ठाउँ नहुनु, महिनावारी हुँदा सहज तरिकाले कक्षामा बस्ने वाताबरण नहुनु लगायतका समस्याहरूले गर्दा जुम्लाका किशोरी पढ्दै विचमा विद्यालय छोड्ने गरेको चन्दननाथ माविकी शिक्षिका बविता शाहिले बताईन ।
उनका अनुसार विद्यालयमा पुर्ण रूपमा किशोरी मैत्री वाताबरण सृजना गर्नु पर्छ । भर्ना अभियनालाई झण्डा र नारामा मात्रै सिमित गर्नु हुदैन् । उनले थपिन बढि भन्दा बढि किशोरीलाई विद्यालयमा भित्राउने लक्ष्य गरी जनचेतना मुलक कार्यक्रम संचालन हुनु पर्ने बताएकी छन् ।
जुम्लामा क्रमिक बढ्दै गएको किशोरी विद्यालय क्षेत्र भन्दा बाहिर जाने दरलाई रोक्न सबै सरोकारवालाहरूले किशोरी मैत्री शिक्षा संचालन गर्ने गाउँगाउँमा परामर्शका कार्यक्रमहरू गर्नु पर्ने शिक्षा प्रेमीहरूले बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्