मोर्डन इन्डियन अल्मुनाइद्वारा म्याराथुन «

मोर्डन इन्डियन अल्मुनाइद्वारा म्याराथुन

 मोर्डन इन्डियन स्कुल अल्मुनाइको आयोजनामा केबीएसएम एमआईए अल्मुनाइ म्याराथुन प्रतियोगिताको सम्पन्न भएको छ । काठमाडौंको सानो गौचरन स्टेडियम आयोजना गरिएको सो म्याराथुन प्रतियोगितामा महिला पुरुष तथा ४० वर्ष पूरा गरेका (भेट्रान) प्रतियोगी सहभागी भएका थिए । प्रतियोगिता ४ किलोमिटर, १० किलोमिटर र हाफ म्याराथुन गरेर ३ विधा भएको थियो । सो प्रतियोगिता बिहान पहिलो ५.३० देखि शुरु भएको थियो । यसरी नै दोस्रो ६.१५ र तेस्रो ६ं.४५ बजे शुरु भएको जनाईएको छ । युवाहरुलाई फुसर्दको समय खेलकुदमा प्रयोग गरी स्वास्थ्य जीवनशैली अपनाउन उत्प्रेरित गराउने लक्ष्य सहित प्रतियोगिताको आयोजना गरिएकोे अल्मुनाइका अध्यक्ष अमित बेगानीले बताए ।
हाफ म्याराथुन प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार नगद र सोही मूल्य बराबरको पुरस्कार, दोस्रो हुनेलाई १० हजार र सोही मुल्य बराबरको पुरस्कार र तेस्रो हुनेलाई क्रमस ५ हजार र सोही मुल्य बराबरको अतिरिक्त पुरस्कार प्रदान गरिएको थियो । यसरी नै १० किलोमिटरको दौडमा प्रथम दोस्रो र तेस्रो हुनेलाई क्रमस १०, ५ र ३ हजार रुपैया नगद र सोही नगद बराबरको उपहार प्रदान गरिएको छ । ४ किलोमिटर दौडका प्रथम, दोस्रो र तेस्रो हुने प्रतियोगिलाई अर्कषक पुरस्कार प्रदान गरिएको आयोजकले बताएका छन । यसरी नै प्लस टु अध्ययन गर्ने बिद्यार्थीले प्रतियोगितामा जित हासिल गरे पाटन कलेजमा कक्षा ११ र १२ अध्ययनका लागि २ लाख २५ हजारको छात्रबृत्ति दिने जनाईएको छ । यो बिधा बाहेक कपल रनिङ र फन्नी ड्रेसको बिधा पनि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्