नेपालमा होण्डाले मनायो आफ्नो ‘सम्बन्ध ५० वर्षको’ «

नेपालमा होण्डाले मनायो आफ्नो ‘सम्बन्ध ५० वर्षको’

नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता ज्योति ग्रुपअन्तर्गतको स्याकार ट्रेडिङ कम्पनी प्रालिले गत बिहीबार एक कार्यक्रममार्फत नेपालमा आफ्नो ५० वर्ष पूरा गरेको उत्सव मनाएको हो ।
दुई पाङ्ग्रे सवारी साधनहरूमा विश्वकै ठूलो उत्पादक कम्पनी रहेको होण्डाको ‘पंखेटा’ दुईपाङ्ग्रे सवारी साधनहरूको पहिचानको रूपमा विश्वभर प्रख्यात छ । होण्डालाई ई.सं. १९४० मा ज्योति ग्रुपले पहिलो पटक नेपालमा भित्राएको थियो । आधुनिक कर्पोरेटका रूपमा ज्योति ग्रुपलाई १९४० मा मनिहर्ष ज्योतिले स्थापना गरेका थिए । समयको परिवर्तनसँगै होन्डा एक औद्योगिक तथा व्यापारिक पावर हाउसको रूपमा स्थापित भएको छ । यसका साथै होन्डाले देशको आर्थिक विकासमा समेत उल्लेखनीय योगदान पुराएको छ ।
पद्म ज्योतिको नेतृत्वमा ज्योती ग्रुपले विभिन्न क्षेत्रमा आफ्नो उत्पादन तथा सेवाहरू प्रदान गर्दै आएको छ । स्टिल, फलाम, अक्सिजन, टेक्सटाइल, मोटरसाइकल, स्कुटर, गाडी, टे«क्टर, पम्प, जेनेरेटरहरूको मार्केटिङ, वेल्डिङ उत्पादनहरू, औषधि, अडियो भिडियो उत्पादन तथा आर्थिक र ट्राभलसम्बन्धी सेवाहरू ज्योति ग्रुपले प्रदान गर्दै आएको छ ।
स्याकार ट्रेडिङ कम्पनी ज्योति ग्रुपकै एक भाग हो । सन् १९७६ मा स्याकार कम्पनीको रूपमा स्थापित यस कम्पनी होन्डा मोटरसाइकल, स्कुटर, कार तथा पावर प्रोडक्टका लागि नेपालमा एकमात्र अधिकृत बिक्रेताको रूपमा स्थापित भएको छ । ०६८ साल जेठ २४ गते कम्पनीले आफ्नो नाम स्याकार कम्पनीबाट स्याकार ट्रेडिङ कम्पनीमा परिवर्तन गरेको थियो । ५० वर्षको यस सम्बन्धको अवसर पारेर सारा नेपाली माझ खुसी छर्नको निमित्त होन्डाले ‘५० दिनमा ५० तोला सुन’ नामक योजना ल्याएको छ । यस योजनाअन्तर्गत उपभोक्ताहरूले होन्डाको कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिद गरी ५० दिनमा ५० तोला सुन जित्ने अवसर प्राप्त गर्ने छन् । यसका साथै ग्राहकहरूले स्क्र्याच कुपनमार्फत ४ हजारदेखि १ लाख रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने छन् ।
सुरुवातका दिनहरूमा ११ वटा मोटरसाइकल आयात गरेको स्याकार टे«डिङ कम्पनीले आज हरेक वर्ष ६० हजारभन्दा बढी मोटरसाइल तथा स्कुटरहरू आयात गर्ने गरेको छ । होन्डाप्रति उपभोक्ताहरूको मायाले गर्दा नै आज होण्डा मोटरसाइकल तथा स्कुटरहरूको नेपालभर १ सय वटाभन्दा बढी आउटलेटहरू छन् ।

 

प्रतिक्रिया दिनुहोस्