जनप्रतिनिधिलाई कानुन सिकाउँदै अदालत «

जनप्रतिनिधिलाई कानुन सिकाउँदै अदालत

राज्यले नागरिकमा सहज कानुनको पहुँच पुर्याउन भन्दै निःशुल्क रुपमा कानुनी सहायता उपलब्ध गराइरहेको छ । तर राज्यले गरेको यस्तो व्यवस्था प्रभावकारी नहुँदा ग्रामीण क्षेत्रका नागरिक अझै पनि कानुनको पहुँचबाट बाहिर छन् । कानुन हुने खानेका लागि मात्र भएको भन्दै ग्रामिण भेगका कतिपय मुद्दाहरु अदालत सम्म आउन नसक्दा पिडितले न्याय पाउन सकेका छैनन् ।
अर्घाखाँची जिल्लाका ग्रामिण भेगका अधिकाश नागरिकलाई कानुन के हो थाहा छैन होला, कानुनी काम काज र प्रक्रियाका विषयमा मात्र नभै अन्यायमा परे कहाँं जाने भन्ने कुरा पनि त्यहाका धेरै नागरिकलाई थाहा छैन । आफ्नै गाउँमा एकाएक अर्घाखाँची जिल्लाका न्याधिस गाउँमै गएर गत वर्ष न्यायिक संवाद कार्यक्रम अर्घाखाँची जिल्लाका विभिन्न ठाउँमा गरेको थियो । अदालतले यसवर्षदेखी जनप्रतिनिधीसँग न्यायिक संवाद सुरु गरेको छ । गाउँमा परेका सामान्य विवाद गाउँमै मिल्न सकुन भनेर जनप्रतिनिधीलाई कानूनी कुरा अर्घाखाँची जिल्ला अदालतले सिकाएको छ ।
न्याधिस सँग भेट गर्नु हुन्न अदालतमा जान हुदैन, न्याय पाउन धेरै पैसा लाग्छ भन्ने कुरा हिजोको दिनमा आम मानिसलाई लाग्ने कुरा हो, तर अहिले यो कुरा अर्घाखाँची जिल्ला अदालतमा लागु हुदैन, जिल्ला न्याधिश रामचन्द्र पौडेलले अदालतले छिटो छरितो न्याय, सवैको लागी न्याय, समुदायमा न्याधिस भन्ने नारासहित न्यायिक संवाद कार्यक्रम जिल्लाको छत्रदेव गाउँपालिकाका जनप्रतिनिधीसँग सार्वजनिक उमावि छत्रगन्जमा गरेका छन् ।
न्यायिक संवाद कार्यक्रममा कहिल्लै न्यायधिस सँग देखीनु हुदैँन, भेट्नु हुदैँन भन्ने जनप्रतिनिधीले प्रत्यक्षरुपमा न्यायधिससामु आफ्ना गुनासा सुनाए । ग्रामिण बस्तीका अधिकाश नागरिकमा अशिक्षा र चेतनाको कमीले गर्दा आफनो समस्या दवाएर राख्ने गरेको जनप्रतिनिधिले बताए ।
जनप्रतिनिधिका गुनासा सुनेपछि जिल्ला अदालत अर्घाखाँचीका न्यायाधीश पौडेलले जनतालाई न्यायीक पहुचमा ल्याउनका लागि घरदैलो अभियान सञ्चालन गरेको बताए । उनले अझै पनि ग्रामीण दूरदराजका नागरिक अदालतसम्म आउन नसकेकाले हातेमालो गर्नका लागी जनप्रतिनिधीलाई आग्रह गर्दै अबदेखि अर्घाखाँची अदालतमा आउन कुनै डराउनु नपर्ने, साथसाथै कम समय, निशुल्क न्याय जनताले पाउन सक्ने पौडेलले बताए ।
न्यायधिसले कागज विना राजनितिक व्यक्तिले जस्तो जवाफ दिन नमिल्ने भएकाले मुद्दा फस्र्यौटका लागि आवश्यक कागजात भएमा प्रक्रिया झन्झटिलो नभएको बताए ।
न्यायिक संवाद कार्यक्रममा गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले गाउँपालिकाको द्रोसो नगरसभावाट सवै क्षेत्रलाई समेटेर कानुन बनाई कानुनमा टेकेर काम गर्ने बताए ।
न्यायिक समितीका संयोजक तथा उपाध्यक्ष तुल्सादेवी श्रेष्ठले गाउँपालिकाले ८ वटा मुद्दा मेलमिलाप गरेर मिलाएको र ३ वटा मुद्दा दर्ता भएको बताउँनुहुदैँ सामान्य मुद्दा गाउँपालिकामै मेलमिलाप गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्