विराटनगरमा एमआई ब्रान्डको स्मार्ट शोरुम «
Logo

विराटनगरमा एमआई ब्रान्डको स्मार्ट शोरुम

एमआई ब्रान्डका अत्याधुनिक प्रविधियुक्त सामग्रीसहितको स्मार्ट शोरुम विराटनगरमा सञ्चालनमा ल्याइएको छ । वटसल इम्पेक्स प्रालिले सञ्चालनमा ल्याएको शोरुमको मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले उद्घाटन गरे । विराटनगरका प्रतिष्ठित व्यवसायीहरू विनितकुमार सारडा, नितेशकुमार मुन्दडा र शौरभ सारडाले विराटनगरस्थित जैन भवन छेउ शोरुम सञ्चालनमा ल्याएका हुन् । हालसम्म एमआईका स्मार्ट शोरुम काठमाडौंमा मात्र सीमित रहेकोमा उपत्यका बाहिर विराटनगरमा पहिलो शोरुम सञ्चालनमा ल्याएको साराडले बताए ।
स्मार्ट शोरुमले चीनको ख्याति प्राप्त एमआई ब्रान्डका मोबाइल, एसेसोरिजका साथै विभिन्न खालका अत्याधुनिक प्रविधियुक्त सामग्रीहरू बिक्री सुरु गरेको छ । शोरुममा हाल स्मार्ट फोनका साथै मोसन सेन्सर लाइट, स्मार्ट इलेक्ट्रिक स्कुटर, स्मार्ट लेम्प तथा डेष्क लेम्प, स्मार्ट वेटिङ मेसिन, स्मार्ट टेलिभिजन, नोट बुक, स्मार्ट वाच, एयर प्युरिफायर, वाटर प्युरिफायर, फिटनेस ब्यान्ड, फिल्टर जडित मास्क, पोल्राइज्ड चस्मा, वालेट, पकेट स्पिकर, भीआर बक्स, राउटर, सुटकेशलगायतका सामग्री राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्