ओप्पो एफ सेभेन नेपालमा सार्वजनिक गरिदै «

ओप्पो एफ सेभेन नेपालमा सार्वजनिक गरिदै

चिनिया टेक कम्पनी ओप्पोले आफ्नो पछिल्लो फ्ल्यागशीप स्मार्टफोन ओप्पो एफ सेभेन नेपालमा भित्र्याएको छ । कम्पनीले आगामी वैशाख ११ गते एक कार्यक्रमकाबीच काठमाडौंमा सार्वजनिक गर्ने जनाएको छ ।
सेल्फी क्यामरामा २५ एमपी एआई ब्यूटी फ्रण्ट क्यामेरा र रियल–टाइम एचडीआर प्रविधि जडित भएका कारण विश्वमै यसको चर्चा छ । सेल्फी एक्पर्टको नामले चिनिने कम्पनीको एफ सेभेनको नेपाली चलचित्र तथा मोडलिङ क्षेत्रमा चलेका सेलिब्रेटि अदिती बुढाथोकी र मलिना जोशी लगाएतकाले फोनको नेपालमा सार्वजनिक गर्ने कार्यक्रम तय भएको हो ।
‘क्याप्चर रियल यु’ नारासहित कम्पनीले फोनको प्रचारप्रसार सुरु गरिसकेको छ । सेल्फीलाई थप वास्तविक, प्राकृतिक र ब्यक्तिगत तवरमा आकर्षक बनाउन ओपको एफफाइभ मोडेलदेखि नै एआई ब्यूटी रेगक्निसन प्रविधि सार्वजनिक गरेको थियो भने यसको एडभान्स मोडेलको रुपमा एफ सेभेनलाई हालै मात्र बजारमा ल्याएको हो । एफ फाइभको प्रविधिलाई परिमार्जन गर्दै ओपो एफसेवेनमा दोस्रो पुस्ताको एआई ब्यूटी २.० जडान गरिएको छ ।
आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सुविधा सहितको नयाँ ओपो एफ सेवेन सेल्फी एक्स्पर्ट सिरिजमा नयाँ उत्पादनका रुपमा हुने कम्पनीले जानकारी दिएको छ । एआइ एल्बम र एआइ बोर्ड फिचर लगाएतका फिचर रहेको ओप्पो एफ सेभेनका अन्य विशेषताहरुमा ६४ बिट ४ जीबी ओक्टा–कोर प्रोशेसर, ६४ र १२८ जीवी अप्सनमा स्टोरेज र ६ जीवी र ८ जीवी स्टोरेज अप्सनमा ¥याम लगाएत छन् । भारतमा सुरुवाती मूल्य २१ हजार तीन सय भारुमा विक्री भैरहेको एफ सेभेनको नेपालमा भने मूल्य तोकिसकिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्