जनता रेमिटको सुपर एजेन्ट जीएमई रेमिट «

जनता रेमिटको सुपर एजेन्ट जीएमई रेमिट

जनता बैंक नेपालले आफ्नो ‘जनता रेमिट’ को सुपर एजेन्ट भई कार्य गर्न जीएमई रेमिटलाई नियुक्त गरेको छ । उक्त सुपर एजेन्टसम्बन्धी सम्झौतामा जनता बैंक नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परसुराम कुँवर क्षेत्रीे र जीएमई रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेलले हस्तक्षर गरे । हस्ताक्षर समारोहमा जनता बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पृथ्वीनारायण श्रेष्ठको पनि उपस्थिति रहेको पनि बैकले जनाएको छ । सम्झौताबमोजिम ‘जनता रेमिट’ मार्फत पठाएको रकम जीएमई रेमिटले आफ्नो एजेन्ट र शाखाहरूमार्फत भुक्तानी गर्नेछ भने जीएमई रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको रकम जनता बैंक नेपाल लिले आफ्नो शाखाहरूमार्फत भुक्तानी गर्नेछ । रेमिट्यान्स भुक्तानीको लागि जीएमई रेमिटको देशभर ६ हजारभन्दा बढी सब–ऐजेन्टहरू छन् भने जनता बैंक नेपाल लिले देशभरका १०८ शाखा तथा ३३ शाखारहित बैंकिङमार्फत रेमिट्यान्स सेवा प्रवाह गरिरहेको छ । हाल जीएमई रेमिट्यान्सले खाडि मुलुकहरू, हङकङ, मलेसिया, दक्षिण कोरिया, जापानलगायतका देशहरूबाट रेमिट्यान्स कारोबार गर्दै आएको छ । आन्तरिक सञ्जाललाई तीव्ररूपले विस्तार गर्दै आएको जनता बैंक तथा जीएमई रेमिट दुवैले विदेशमा पनि आफ्नो सञ्जाललाई तीव्ररूपले विस्तार गर्दै जाने रणनीति लिएको छ ।

प्रतिक्रिया दिनुहोस्