मुकेश अम्बानी परिवार एसियाकै धनी «

मुकेश अम्बानी परिवार एसियाकै धनी

मुकेश अम्बानीको परिवार एसियाकै धनी परिवारमा दरिएको छ । यो परिवारको खुद सम्पत्ति ४४.८ अर्ब डलर पुगेको छ । गत वर्ष यो परिवारको सम्पत्ति १९ अर्ब डलर भएको फोब्र्सले जनाएको छ ।
दोस्रो स्थानमा झरे बावजुद कोरियाको सामसङ साम्राज्यको ली परिवारको सम्पत्तिमा ११.२ अर्ब डलरको वृद्धि भई ४०.८ अर्ब डलर कायम भएको छ । गत वर्षको तुलनामा यो वर्ष सामसङ इलेक्ट्रोनिकसको सेयरमा ७५ प्रतिशतले वृद्धि भएको छ ।
फोब्र्सले सार्वजनिक गरेको एसियाको ५० धनी परिवारको सूचीमा हङकङका वक परिवार यो वर्ष तेस्रो स्थानमा कायम भएको छ । यो परिवारको कुल सम्पत्ति ४०.४ अर्ब डलर छ ।
थाइल्यान्डको चेरोइन पोकह्यान्ड ग्रुपको चेराभानोन्ट फेमिली चौथो स्थानमा कायम भएको छ । यो परिवारको कुल सम्पत्रि ३६.६ अर्ब डलर रहेको छ ।
एसियाको शीर्ष १० धनी परिवारको सूचीमा भारतकोतर्फबाट अम्माबनीको परिवार एक मात्र रहेको छ ।
“डलर र प्रतिशतको आधारमा भारतमा अम्बानीको परिवारको जत्तिको राम्रो भूमिका अन्य परिवारले गर्न सकेका छैनन्,” फोब्सले जनाएको छ ।
प्रशोधनको नाफामा भएको सुधारको समर्थनमा मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिजको सेयरमा वृद्धि भएको छ । यसैबीच दुर सञ्चार कम्पनी रिलायन्स जिओको मागमा भएको वृद्धिले पनि मुकेश अम्बानीको सेयरमा वृद्धि भएको छ ।
फोब्र्सले संकलन गरेको २०१७ मा एसियाको सर्वाधिक धनी सूचीमा भारतले राम्रो उपस्थिति जनाउदै आएको छ । यो सूचीमा भारतका १८ परिवार परेका छन् ।
सूचीमा पर्ने अन्य धनी भारतीय परिवारमा १९.२ अर्ब डलरको कुल सम्पत्ति सहिज प्रेमजी ११ औं स्थानमा परेकाम छन् । यसैगरी हिन्दुजा १८.८ अर्ब डलर सहित १२ औं, मित्तल १७.२ अर्ब डलर सहित १४ औं, मिस्त्रे १६.१ अर्ब डलर सहित ६ औं । बिरला १४.१ अर्ब डलर सहित १९ औं स्थानमा परेका छन् ।
यसैगरी गोदरेज फेमिली २० औं बजाज २६ औ, जिन्दाल ३२ औं, बर्मान्स ३५ औ, आइसर मोटर्सका लाल्स ३६ औ र श्री सिमेन्टका बंगुर फेमिली ३७ औं स्थानमा परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्