हुन्डाईको फेस्टिभ डिलाइका विजोता घोषित

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैं–तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट’ अफरको विजेताहरूलाई पुरस्कार वितरण गरेको छ । थापाथलीस्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा विजेताहरूलाई लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, कनज्युमर आई नेपालकी अध्यक्ष विमला खनाल, मिस नेपाल–२०१८ श्रृंखला खतिवडा तथा हुन्डाई मिस फेण्डसिप सायरा लामाले पुरस्कार हस्तान्तरण गरेका थिए ।
हुन्डाई फेस्टिभ डिलाइट अफरअन्तर्गत शुसनप्रसाद अधिकारीले हुन्डाई इलाइट आई २० जितेका छन् । साथै कन्काई आयल सप्लायर्सले हुन्डाई एक्सेन्ट प्राप्त गरेका हुन् । सो अफरअनुरूप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरूले ५ लाखसम्मको छुट र एक वर्षको निःशुल्क बिमा साथै स्क्र्याच कार्डमार्फत थप १ लाख रुपैयाँसम्मको छुट, लक्कि ड्र मार्फत १०० जना विजेताले १०–१० ग्राम सुन, १० जोडीलाई दुबई भ्रमण र बम्पर उपहारमा २ जनालाई हुन्डाई इलाइट आई २० र हुन्डाई एक्सेन्ट जित्ने अवसर प्रदान गरेको थियो ।
दुबई टुर विजेताहरू हुन्डाई फेस्टिभ डिलाइट अफरअन्तर्गत, दुबई भ्रमणको १० जना भाग्यशाली विजेताहरूमा सुजा बास्तोला, महेस राजकर्णिकार, कृष्ण राज पोख्रेल, अनिलकुमार श्रेष्ठ, पेमा लामा, बालकृष्ण थापा, नीरज क्षेत्री, दानबहादुर चौहान, धन्जयन शर्मा बञ्जारा, सूर्य लाईफ इन्स्योरेन्स कम्पनी छन् ।