नगार्जुनले प्रत्येक शनिबार फ्रि–सर्भिस क्याम्प गर्ने «

नगार्जुनले प्रत्येक शनिबार फ्रि–सर्भिस क्याम्प गर्ने

हिरो मोटरसाइकलको भैरहवा क्षेत्रको अधिकृत विक्रेता नागार्जुन ट्रेडर्शले रूपन्देही जिल्ला भित्रका सबै स्थानीय तहमा रहेका ग्रामीण बजारहरूमा प्रत्येक शनिबार फ्रि–सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ ।
मोटरसाइकल खरिद पछिको सेवा सबै शहर केन्द्रित भएको र ग्रामीण भेगका सेवाग्राही मोटरसाइकलको स्तरीय मर्मतका लागी सहर नै धाउनुपर्ने बाध्यता रहेकाले अब ग्रामीण बजारमा प्रत्येक शनिबार हिरो मोटरसाइकलको फ्रि–सर्भिस क्याम्प सुरु गर्ने योजना बनाएको नागार्जुन ट्रेडर्श भैरहवाका प्रबन्ध निर्देशक कृष्ण पुकारमुन नकर्मीले बताए । यही शनिबारदेखि मर्चवारको मझगाँवा बजारमाबाट सुरु हुने क्याम्पमा लेभर चार्जमा ५० प्रतिशत, मोबिल र स्पेयर पार्टसमा १० प्रतिशत छुट तथा प्रत्येक सर्भिसिङमा फ्रि वासिङ कुपनको व्यवस्था छ ।
सर्भिस क्याम्प स्थलबाटै हिरो कम्पनीका नयाँ मोटरसाइकल बिक्री तथा प्रवद्र्धनको व्यवस्थासमेत छ । हिरो मोटरसाइकलको नेपालको प्रतिनिधि एनजीएमले नयाँवर्षको अवसरमा प्रत्येक मोटरसाइकल खरिदमा ६ हजार नगद छुट, स्कुटरमा ८ हजार नगद छुट साथै १ लाख रुपैयाँसम्म स्क्रेयाच कार्ड तथा हरेक १५ दिनमा बम्पर उपहारमार्फत एक जनालाई १ लाख रुपैयाँ पुरस्कारको व्यवस्था सीमित अबधिका लागि ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्