प्रेममा विवाद पछि किशोरीकोे हत्या «

प्रेममा विवाद पछि किशोरीकोे हत्या

रुपन्देहीको ओमसतिया गाउँपालिका–६ की १५ वर्षिय किशोरीको हत्यामा संलग्न अभियुक्तलाई रुपन्देही प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । बैशाख ३ गते राति घरबाट निस्किएकी हरिजन थरकी किशोरी ४ गते विहान घर नजिकैको खेतमा मृत अबस्थामा भेटिएकी थिईन् ।
मृत अबस्थामा किशोरी भेटिएलगत्तै प्रहरीले हत्याको आशंकामा अनुसन्धान सुरु गरेको थियो । प्रहरीले हरिजनको हत्या गरेको आरोपमा ओमसतिया ६ का १८ वर्षिय प्रेमसागर केवटलाई प्रक्राउ गरी सार्वजनिक गरेको हो । रुपन्देही प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक श्याम ज्ञवालीले केवटले हरिजनको हत्या गरेको अनुसन्धानको क्रममा खुलेको बताए ।
प्रहरीका अनुसार मृतक हरिजन र केवटबीच विगत चार वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो । घटना हुँदाका राति उनीहरु हरिजनको घरनजिकै रहेको खेतबारीमा रात विताएका थिए । त्यहाँ उनीहरुबीच अनैतिक सम्बन्ध स्थापित भएको अनुसन्धानको क्रममा केवटले प्रहरीलाई बयान दिएका छन् । राती उनिहरुबिच केही बिबाद भएको र पछि हरिजनलाई उनकै कपालले घाँटीमा कसेर केबटले हत्या गरेको प्रहरीको भनाई छ ।
पछिल्लो समय सूचना प्रविधि तथा सामाजिक सञ्जालको दूरुपयोग गरी प्रेमसम्बन्ध राख्ने, बिपरीत लिंगी तर्फ मित्रता बढाउने र पछि विवाद हुँदा हत्यासम्मको अवस्था आउने गरेको बताउदै छोराछारीमाथि परिवारले निगरानी बढाउनु पर्ने प्रहरी प्रमुख ज्ञवालीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्