ओमको घान्द्रुकमा शाखारहित बैंकिङ सेवा «

ओमको घान्द्रुकमा शाखारहित बैंकिङ सेवा

ओम डेभलपमेन्ट बैंकले कास्की जिल्लाको पर्यटकिय गाउँ घान्द्रुकमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले मेश्रम बाराह माविका विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरी शाखारहित बैंकिङ सेवाको विधिवत् उद्घाटन गरेका हुन् ।
विकास बैंकहरूमा शाखारहित बैंकिङ सेवा प्रदान गर्ने ओम पहिलो विकास बैंक भएको छ भन्दै बैंकको सञ्जाल विस्तार गरी ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उदेश्यका साथ शाखा रहित बैंकिङ सेवा सुरु गरिएको र यसबाट बैंकिङ सेवा पुग्न नसकेका घान्द्रुक, छोमरोम र आसपासका क्षेत्रका बासिन्दाहरू लाभान्वित हुने प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।
शाखारहित बैंकिङ सेवाका लागि बैंकले आफ्नै कर्मचारी विवेक गुरुङलाई नियुक्त गरेको छ । यस सेवाअन्तर्गत ग्राहकहरूले बैंकको बायोम्याट्रिक्स ट्याब्लेट मेसिनबाट प्रतिदिन २ लाखसम्म निक्षेप जम्मा गर्न र १ लाखसम्म निक्षेप तथा रेमिट्यान्सको भुक्तानी लिन र ग्राहकहरूबाट कर्जाको फाइल संकलन गर्नेछ । मर्चेन्ट पेमेन्ट सुविधाअन्तर्गत डिस होमको रिचार्ज गर्न, मोबाइलको बिल भुक्तानी तथा रिचार्ज गर्न, सक्नेछन भने चाँडै नै बिजुली बत्ती तथा अन्य बिलहरू भुक्तानी गर्ने सुविधा पनि सुरु गरिने प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्