अमेरिकामा बोल्ने सवारी भित्र्याउदै टोयोटा «

अमेरिकामा बोल्ने सवारी भित्र्याउदै टोयोटा

जापानकै ठूलो सवारी निर्माता कम्पनी टोयोटाले अमेरिकामा आगामी २०२१ मा एक अर्कासँग बोल्ने सवारी भित्र्याउने भएकमो छ । यो सवारीले छोटो दुरीको वायरलेस प्रविधि प्रयोग गरेर एक अर्कासँग बोल्ने जापानी अटो निर्माताले जनाएको छ । यसले वार्षिक रुपमा हुने हजारौ दूर्घटना रोक्न सक्ने अपेक्षा कम्पनीको रहेको छ ।
अमेरिकी यातायात विभागले सबै भावि सवारीमा आधुनिक प्रविधिको आवश्यकता पर्ने वा नपर्ने भन्ने विषयको पेन्डिङ प्रस्तावमा निर्णय गर्न आवश्यक छ ।
टोयोटाले २०२० को मध्यसम्ममा अमेरिकामा आफ्ना सबै सवारीमा छोटो दुरीको सञ्चार प्रविध प्रयोग गर्ने अपेक्षा गरेको छ । आफ्नो योजनाको घोषणा गर्दै अन्य अटो निर्माताले पनि यो प्रविधिलाई पछ्याउने आशा गरेको टोयोटाले जनाएको छ ।
२०१६ को डिसेम्बरमा ओबामा प्रशासनले यो प्रविधिको आवश्यकता भएको र अटो निर्माता यसमा आबद्ध हुनका लागि चार वर्षको समय दिइने प्रस्ताव गरेको थियो । अटो निर्माताले सबै सवारीले स्ट्यान्डर्ड प्रविधिको माध्यमबाट समान भााषाको प्रयोग गर्नुपर्ने मापदण्ड अमेरिकाले तोकेको छ ।
२०१७ मा जनरल मोटर्सले क्याडिलाक सीटीएस मोडलमा सवारीदेखि सवारीको प्रविधिको प्रस्ताव सुरु गरेको थियो । तर यो व्यापारिक प्रयोजनका सवारीमा मात्रै रहेको छ ।कुरा गर्ने सवारीको पाइलट प्रोजेक्टको रुपमा पपिरक्षण गरिएको छ र अमेरिकी कार निर्माताहरुले १ दसक भन्दा बढी अवधिका लागि ३ सय मिटरसम्मको छोटो दुरीको सवारीका लागि यसको प्रयोग गरेका छन् ।
यसको तथ्यांक नजिकको सवारीमा प्रति सेकेन्ड १० पटकसम्म प्रशारण गरेका छन । यसले जोखिमको पहिचान गर्न र दुर्घटनाको अवस्था आउन नदिनका लागि चेतावनी जारी गर्नेछ ।
टोयोटाले २०१५ देखि १ लाख भन्दा बढी सवारीका यो प्रविधि परिचालन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्