एनआरएन यूएईद्वारा निशुल्क स्वास्थ्य शिविर «

एनआरएन यूएईद्वारा निशुल्क स्वास्थ्य शिविर

गैरआवासीय नेपाली संघ यूएईको आयोजनामा शुक्रबार एक दिने निशुल्क स्वास्थ्य शिविरमा ११० जनाले स्वास्थ परीक्षण गरेका छन् । दुबईको अबुहेलमा रहेको नुर अल अस्पतालको सहकार्य तथा प्राविधिक सहयोगमा अप्रिल १३ शुक्रबार सम्पन्न उक्त शिविरमा नेपालीहरुले निशुल्क स्वास्थ्य परीक्षण गरेको संघका अध्यक्ष रमेश श्रेष्ठले जानकारी गराए । विहान ९ बजेबाट साँझ ५ बजे सम्म सञ्चालन भएको शिविरमा विभिन्न क्षेत्रका स्वास्थ्य विषेशज्ञहरु मार्फत स्वास्थ्य परीक्षण गरिएको थियो । जसमा नेपाली चिकित्सक पनि रहेका थिए ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको खाना, ड्युटी समय, यूएईको वातावरणलगायतका कारणले गर्दा उनीहरुको स्वास्थ्यमा उच्च रक्तचाप, सुगर, दाँतमा समस्याजस्ता रोगहरू देखिने गरेको र त्यस्ता समस्याहरुको समाधानका लागि आवश्यक निशुल्क स्वास्थ्य परामर्श र जाँचको लागि भन्दै एनआरएन यूएईले शिविर सञ्चालन गरेको थियो । यूएईमा दाँतको परीक्षण र परामर्श महँगो पर्ने हुदा निशुल्क दाँत परीक्षणलाई प्रथामिकतामा राखेर सञ्चालित उक्त शिविरमा दाँतको समस्या भएका व्यक्तिहरुले स्वास्थ्य जाँच र सेवा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्