शिवम् सिमेन्ट चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताका सह–प्रायोजक «

शिवम् सिमेन्ट चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताका सह–प्रायोजक

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानकी संरक्षक गमली खड्का र शिवम् सिमेन्टका प्रोजेक्ट म्यानेजर निखिल अग्रवालबीच मंगलबार एक सम्झौतापत्रमा हस्ताक्षर भयो । शिवम् सिमेन्टले सह–प्रायोजन स्वरूप प्रतियोगिताका लागि ५ लाख रुपैयाँबराबरको सहयोग उपलब्ध गराउने भन्दै कम्पनीले सम्झौता १ वर्षका लागि भएको जनाएको छ । प्रतियोगिताका लागि शिवम्ले ३ लाख नगद सहयोग गर्नेछ भने २ लाख बराबरको मञ्च व्यवस्थापन र फुटकर खर्च गर्नेछ । त्रिपुरेश्वरको कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ । तीन विभागीय टोलीसँगै शिवम् न्यू–डायमण्ड एकेडेमी, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार पुरस्कार पाउनेछन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी र विधागत उत्कृष्ट खेलाडीलाई मुख्य–प्रायोज,सह–प्रायोज र प्रायोजकको नामबाट अवार्ड उपलब्ध गराउने निर्णय गरेका छौं । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘केएनपी सर्वोकृष्ट खेलाडी’ को उपाधि सहितनगद १० हजार रुपैयाँले पुरस्कृत हुनेछन् । विधागत उत्कृष्टतर्फ ‘शिवम् सिमेन्ट बेष्ट स्पाइकर’ को उपाधिसहित नगद ५ हजारले १ खेलाडी पुरस्कृत हुनेछन् । त्यस्तै “शिवम् सिमेन्ट बेष्ट डिफेनस’ र “शिवम् सिमेन्ट बेष्ट ब्लकर’ को उपाधिले एक–एक खेलाडी जनही ५ हजारको दरले पुरस्कृत गरिनेछ । त्यस्तै आफ्नो टिमलाई च्याम्पियन बनाउन सफल प्रशिक्षकलाई “शिवम् सिमेन्ट बेष्ट कोच’ को उपाधिले सम्मानित हुनेछन् । अन्य उत्कृष्टमा बेष्ट सेटर, बेष्ट सर्भर, बेष्ट क्वीकरको उपाधिप्राप्त गर्ने खेलाडीले पनि जनही नगद ५ हजार प्राप्त गर्ने छन् ।
प्रतियोगिताको समापनका अवसरमा अत्यन्तै प्रभावशाली खेल प्रदर्शन गरेर पनि उत्कृष्टमा पर्न नसक्ने खेलाडीलाई आयोजकको रोजाइमा केएनपी शेरबहादुर खड्का स्मृति स्पेशल अवार्डबाट नगद १० हजार रुपैयाँले सम्मान गरिने प्रतिष्ठानले जनाएको छ । सम्झौता कार्यक्रममा शिवम्का प्रोजेक्ट म्यानेजर अग्रवालले महिला सशक्तीकरणको मामलामा नो कम्प्रमाइजको सिद्धान्त अघि सारेकाले खेलकुद क्षेत्रका लागि सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्