दरबारमार्गमा खुल्यो किङ्स लाउञ्ज, «

दरबारमार्गमा खुल्यो किङ्स लाउञ्ज,

नयाँ वर्ष २०७५ को अवसर पारेर राजधानीको दरबारमार्गमा अत्याधुनिक फेमिली रेस्टुराँ ‘किङ्स लाउञ्ज’ सञ्चालनमा आएको छ । संगीतका साथै स्वेदेशी तथा विदेशी खानाका पारखीहरूलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेस्टुराँ सञ्चालनमा ल्याइएको जनाएको छ । विभिन्न पेसा र व्यवसायमा आबद्ध केही युवाहरूको सामूहिक लगानीमा सुरुवात गरिएको रेस्टुराँमा चाइनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक–फरक स्वाद लिन पाइनेछ भन्दै हाइजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक–फरक लाईभ सांगीतिक कार्यक्रमसमेत प्रस्तुत गरिने लाउञ्जका सञ्चालक दर्शन भट्टराईले बताए ।
‘विशेष गरी रेस्टुराँमा क्रिस्पी चिकेन, प्रान्को फ्राइड चिकेन, प्रान्को प्राउन, डेभेलोन होर्स बोकलगायतका फरक–फरक स्वादका खानाका मेनुहरू छन् । दरबारमार्गमा संगीत र खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने होम्रो योजना छ ।’ लाउञ्जका अर्का सञ्चालक कुमार गुरुङले बताए ।
अहिले रेस्टुराँ सञ्चालनमा आए पनि औपचारिक उद्घाटन केही समयपछि गरिने बताइएको छ । नेपालको नमुना स्वरूपमा तयार गरिएको किङ्स लाउञ्जमा झन्डै सय जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्