कारोबारकर्मी निरौला सम्मानित «

कारोबारकर्मी निरौला सम्मानित

कारोबार दैनिकका बिर्तामोड समाचारदाता तुलसीप्रसाद निरौला झापाको बिर्तामोडमा सम्मानित भएका छन् । कोच आदिबासीहरुको महान पर्व सिरुवा पावनी अन्तर्गत कोचिला गाभुर फ्रन्ट केन्द्रीय समितिको व्यवस्थापन र कोचिला गाभुर फ्रन्ट बिर्तामोड नगर उपसमितिको आयोजनामा झापाको बिर्तामोड–२ स्थित चिमितबारी रामचोकमा आयोजित कोचिला सिरुवा सांस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रममा निरौलालाई सम्मान गरिएको हो ।
पत्रकारिताको माध्यमबाट कोच आदिवासीहरुको संस्कार र संस्कृति संरक्षण सम्बद्र्धन गरेको भन्दै कारोबार दैनिकका समाचारदाता निरौलालाई सम्मान गरिएको कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले बताए ।
कार्यक्रममा कोच आदिवासी समुदायको पहिचान झल्कने पहेँलो गम्छा, सम्मानपत्र प्रदान गरेर सम्मान गरिएको कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिए ।
बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवोकाटी, उपमेयर पबित्रा महतारा प्रसाई, बडाध्यक्ष नगेन्द्र संग्रौला पूर्व प्रधानपञ्च कृष्णप्रसाद राजवंशीले निरौलालाई सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्