Logo

रिलायन्स लाइफद्वारा बालजीवन योजना सञ्चालन

रिलायन्स लाइफ इन्स्योरेन्सले नववर्ष–२०७५ को अवसर पारेर आफ्ना ग्राहकका लागि ‘मेरो मुटु बालजीवनबीमा’ योजनाअघि ल्याएको छ । एक महिनाको उमेरदेखि नै बच्चाको बिमा गर्न सकिने तथा प्रस्तावक र बच्चा दुवैको जीवन रक्षावरण एकैसाथ हुनु यस योजनाको विशेषता भएको भन्दै कम्पनीले यस योजनाले बच्चाको दीर्घकालीन आर्थिक सुरक्षा तथा बचतको आस्वस्थता प्रदान गर्ने पनि बताएको छ ।
यस योजनाको अन्य विशेषता भनेको, परिपक्वतामा पाइने सुविधाहरूका साथै बिमा अवधिभरि प्रस्तावकको कुनै पनि कारणले मृत्यु वा दुर्घटनामा परी स्थायी अशक्तता भएमा सो घटना पश्चात्को बाँकी सबै बिमा शुल्क मिनाहा हुनुका साथै बिमांक रकमको १ प्रतिशतको दरले हुनआउने रकम आयको रूपमा बीमा अवधि भरी हरेक महिना प्रदान गरिने पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्