टीसीएलको आईपीएल प्रेडिक्ट एन्ड विन कन्टेस्ट «

टीसीएलको आईपीएल प्रेडिक्ट एन्ड विन कन्टेस्ट

विश्वकै उत्कृष्ट ब्रान्डद्वारा सम्मानित टीसीएलले आईपीएलका लागि आईपीएल प्रेडिक्ट एन्ड विन कन्टेस्ट सार्वजनिक गरेको छ । उक्त कन्टेस्टमा सहभागिताका लागि टिसिएलको फेसबुक पेजमा गएर लाइक गरी आफूले चाहेको टिमलाई छान्न सक्ने कम्पनीले बताएको छ । टिम छानिसकेपछि उक्त फेसबुक पेज सेयर गर्नुपर्नै भन्दै कम्पनीले सहभागीहरूमध्ये सबैभन्दा बढी प्वाइन्ट ल्याउनेलाई टुर्नामेन्टको अन्तमा विजेता घोषणा गरिने जनाएको छ । विजैतालाई ३२ इन्चको टीसीएल लेड टिभी प्रदान गरिने पनि नेपालका लागि टीसीएल ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले बतायो ।

प्रतिक्रिया दिनुहोस्