मदिराका कारण महिला हिंसाका घट्ना बढ्दै

अछाममा मदिराको बिगबिगीका कारण महिला हिंसाका घट्नाहरु बढ्दै गैरहेकोे पाईको छ । पुरुषले अत्याधिक मदिरा सेवन गरि महिलालाई घरेलु हिंसा गर्ने गरेको र त्यस्ता घट्ना पछिल्लो समय बढ्दै गैरहेको प्रहरीको तथ्यंकले देखाएको हो ।
जिल्ला प्रहरी कार्यालयमा आउने हिंसा सम्वन्धि उजुरी मध्ये अधिकाँश उजुरी मदिराकै कारण भएका अछाम प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार चालु आर्थिक वर्षको हालसम्म १८० वटा महिला हिंसाका उजुरी प्रहरी समक्ष पुगेका छन । गत आर्थिक वर्षमा जिल्लाभरी १७० वटा उजुरी दर्ता भएका थिए ।
गाउँ गाउँ र टोल टोल सम्मै मदिारको बिगबिगी बढेको र पुरुष मान्छेहरु बिहानै देखी रातीसम्म मदिरा सेवन गरेर हल्लिने संस्कारको निकै बढेको बताईएको छ । मदिराकै बिगबिगीका कारण महिला हिंसाका घट्ना बढ्दै गैरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताए ।
उनले भने “मुख्यत मदिराको बढ्दो प्रयोगले यो समस्या आएको छ, संगै हिंसा बिरुद्ध प्रहरीको सक्रियता र महिलाहरुमा आएको जागरणका कारण पनी घट्ना प्रहरी समक्ष पुग्ने क्रम बढेको हो ।”
महिला हिंसा, घरेलु हिंसा लगायत महिला संग सम्वन्धित बिभिन्न घट्नाहरु पछिल्लो समय प्रहरी समक्ष पुग्ने र अधिकारका लागि आवाज उठाउने क्रम बढेको प्रहरी न्यौपानेले बताए । बिभिन्न संघ संस्थाहरु र महिला अधिकारका क्षेत्रमा काम गर्ने महिला अगुवाहरुले समाजमा फैलाएको सचेतनाका कारण हिंसा सहेर बस्नु हुदैन भन्ने भावनाको विकास भई पीडित महिला प्रहरी समक्ष पुग्ने गरेको समेत महिला अधिकारकर्मीको भनाई छ । महिला अधिकारकर्मी तथा रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले भनिन् “पछिल्लो समय महिलाहरुमा हिंसा सहेर बस्नु हुदैन, आफ्नो अधिकारको खोजी गर्दै पिडकलाई कानुनी दायरामा ल्याँउनुपर्छ भन्ने चेतनाको विकास भएको छ, यो अभियानमा हाम्रो निरन्तरको संघर्षको परिणाम घट्ना प्रहरी समक्ष पुग्ने क्रम बढ्नु हो ।” बिगतमा जस्तोसुकै घरेलु हिंसा भएपनी सहेर बस्ने परिपाटी रहेको बताउदै उनले त्यो अवस्था अहिले महिलाहरुमा नरहेको बताईन ।
तर अछाममा बाल बिवाहको समस्या र छाउपडी कुप्रथाको समस्या ब्याप्त रहेको भनिएपनी यसबारे कुनैपनी उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता नभएको तथ्यंक छ ।
होम साउद