इन्धन बोक्ने ट्यांकरबाट गाँजा तस्करी «

इन्धन बोक्ने ट्यांकरबाट गाँजा तस्करी

लागू औषध तस्करले इन्धन बोक्ने ट्यांकरमा नेपालबाट भारततर्फ प्रतिवन्धित लागूपदार्थ गाँजा तस्करी गर्ने गरेको खुलेको छ । ट्यांकरमा सुरक्षाकर्मीले खानतलासी गर्ने कम सम्भावना रहेको मौका छोपेर तस्करले नेपालबाट वीरगञ्ज हुँदै भारतमा गाँजा लैजाने गरेको तथ्य खुलेको हो ।
प्रहरीको लागूऔषध नियन्त्रण व्यूरो (एनसीवी)ले ना ४ ख ५३६८ नम्बरको इन्धन ट्यांकरका चालकद्वय थाहा नगरपालिका–११ (मकवानपुर)का २२ वर्षीय सोमलाल थोकर र कैलाश गाउँपालिका–२ का ३६ वर्षीय इमानसिंह स्याङबो १ सय ६० केजी गाँजा सहित पक्राउ परेका हुन् । चन्द्रागिरी नगरपालिका–२ झ्याप्लेखोला (काठमाडौं)बाट पक्राउ परेका अभियुक्तद्वयले यसअघि पनि पटकपटक गाँजा तस्करी गरेको हुनसक्ने व्यूरोको दावी छ । तस्करले नेपालको मकवानपुर र धादिङमा उत्पादित गाँजा ओसारपसारमा निम्न आय भएका नेपालीलाई आर्थिक प्रलोभन देखाएर खटाउने गरेको व्यूरोका अधिकारी बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्