सानिमा बैंक र एक्सिस बैंक भारतबीच रेमिट्यान्स सम्झौता

सानिमा बैंक र एक्सिस बैंकबीच भारत—नेपाल रेमिट्यान्स सेवा सम्झौता भएको छ । उक्त सम्झौताअन्तर्गत सानिमा बैंकको रेमिट्यान्स सेवा सानिमा एक्सप्रेसमार्फत भारतबाट पठाएको रकम सानिमा बैंकको ४७ शाखालगायत नेपालभरि ७ हजारभन्दा बढी आधिकारिक प्रतिनिधिमार्फत भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।
भारतबाट नेपाल पैसा पठाउँदा नेपालमा भएको सानिमा बैंकको खाता वा कुनै पनि बैंकमा भएको खातामा जम्मा गर्न पनि सकिनेछ । सम्झौतापत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख वित्तीय अधिकृत सरोज गुरागाईं र एक्सिस बैंकको तर्फबाट वित्तीय संस्था समूहका प्रमुख अशोक गौतमले हस्ताक्षर गरेका छन् । आन्तरिक रेमिट्यान्स सेवाको साथै सानिमा एक्सप्रेसले यूएई, कतार, यूके, कोरियालगायत विश्वभरिबाट तथा एक्सप्रेस मनीको सहकार्यमा रेमिट्यान्स सेवा दिँदै आइरहेको छ ।