Logo

महाकालीमा ४ लेनको पुल निर्माण हुने

महाकाली नदीमा अहिलेसम्मकै ठूलो लगानीमा पुल निर्माण हुने भएको छ । भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा क्षेत्रफल र ठूलो लगानीमा चार लेनको पक्की पुल बन्न लागेको सडक विभागका प्रवक्ता मुक्ति गौतमले बताए । ३ अर्ब २७ करोड ९३ लाख ३४ हजार लागतमा बन्ने पुल ८ सय मिटर लम्बाइको हुनेछ । पुलसँगै पोखरी निर्माणका लागि बजेट खर्च गरिने महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका प्रमुख प्रदीप भण्डारीले बताए । पुल निर्माणपछि कञ्चनपुर नेपाल–भारतको महत्वपूर्ण व्यापारिक नाकाका रूपमा विकसित हुनेछ । महाकालीमा पुल निर्माण भएपछि प्रदेश ७ को समृद्धिको ढोका खुल्ले छ ।

प्रतिक्रिया दिनुहोस्