Logo

समृद्ध पाँचथरका आधार

पूर्वी पहाडी जिल्ला पाँचथर दुई पर्यटकीय जिल्ला उत्तरमा ताप्लेजुङ र दक्षिणमा इलामसँग सिमाना जोडिए पनि गुमनाम रहँदै आएको छ । जिल्लाको पूर्वी सिमना भारतसँग जोडिएको छ । बिभिन्न कुरामा सम्भावना रहे पनि पाँचथरले ती सम्भावानहरूको सदुपयोग गर्न सकेको छैन । पूर्वमा भारतको सिक्किम र र पश्चिम बंगालसँग सिमाना जोडिएको जिल्ला हो । पाँचथर जिल्ला कुल क्षेत्रफल १२४१ वर्ग किमि छ । पाँचथरको ६५,५४७ हेक्टर जमिन कृषि योग्य जमिन छ । पाँचथरमा ७ गाँउपालीक र एक नगरपालीका छ ।

सडक
पाँचथर पहाडी जिल्ला भइकन पनि समृद्ध बन्ने क्रममा रहेको छ । पाँचथरका प्रत्येक गाउँपालिकका प्रत्येक वडा बडाहरूका सडक बिस्तार भएको छ । पाँचथरको सडक २५६० वर्ग किमी सडक बिस्तार भएको छ । पाँचथरको चिवा भञ्जाङबाट गैरवको आयेजना मध्यपहाडी लोकमार्ग सुरु भएको छ । पाँचथरमा ६६ किमि मध्यपहाडी लोकर्मागको सडक पर्छ । तराइ जोडनका लागि चतरादेखि गणेश चौकसम्म ११५ किमि कोशी कोरीडोर बन्न सुरु गरेको छ । जसले पाँचथरबाट तराई पुग्न धेरै छिटो हुनेछ । यसबाट पाँचथरको आर्थिक समृद्धिमा फड्को मार्ने अनसमान गरीएको छ । राँके, रबि ,भेडेटार १०० किमी सडक खण्ड निर्माणको अन्तीम तयारीमा छ जसबाट पाँचथर हुदै इलाम र झापाको लामो सडक नहिडी भेडेटार सम्म छोटोदूरीमा यात्रा गर्न सकिनेछ ।
नयाँ सहर
मध्य पहाडी राजमार्गले छोएको देशका बिभिन्न १० सहरलाई नयाँ सहरको रूपमा विकास गर्ने सरकारी कार्यक्रम अनुसारको एक सहर पाँचथरको फिदिम पनि एक हो । नयाँ सहर बन्ने एकीकृत विकास योजना तयार भइसकेको आयोजनाका विषयमा स्थानीयले चासो राखेका थालेका छन । सदरमुकाम फिदिमलाई आगामी २० वर्षसम्मका लागि १ लाख जनसंख्या रहन सक्ने बनाउने सरकारको योजना छ ।
नयाँ सहर आयोजनाको उद्देश्यअनुसार २०९० सालसम्ममा फिदिममा एक लाख जनसंख्याले सुबिधायुक्त सहरको उपभोग गर्न पाउने छन् । त्यसका लागि आयोजनाले अहिले भौतिक पूर्वाधारको काम धमाधम गरिरहेको छ । बाटो, भवन निर्माण, ढल व्यवस्थापनदेखि भ्यू–टावर निर्माणसम्मको काम भइरहेको आयोजना कार्यालयले जानएको छ ।
आयोजनाले यो २० वर्षमा करिब २० अर्ब रुपैयाँ खर्च गर्ने तयारी गरेको छ । आयोजनाका अनुसार नेपाल सरकारको लगानीमा १० अर्ब र अन्तर्राष्ट्रिय सहयोगमा १० अर्ब लगानी गर्न लागिएको हो ।
२०७० मा सुरु भएको कार्यक्रममा दुई वर्ष लगाएर एकीकृत बिकास योजना तयार पारिएको नयाँ सहर आयोजना फिदिमका निमित्त प्रमुख दिनेशकृष्ण पोतेले जानकारी दिए । यो मार्गदर्शनको हिसावमा तयार भएको छ । उनले भने, “एकीकृत विकास आयोजनालाई हेरेर नै सहरमा धेरै कुरा तयार हुने छन् ।
५ वटा पुराना र ४ वटा सडक स्तरोन्नतिका कार्यक्रम अघि सारिएको आयोजना कार्यालयले जानकारी दिएको छ ।
नयाँ शहरको कार्यक्रमअन्तर्गत गणेशमान सिंह स्मृति पार्कको काम भइरहेको छ । यस्तै रमिते डाँडामा भ्यू–टावर बनाउका लागि ५ करोड छ । पर्यटकीय तथा धार्मिक स्थलको विकास, ल्याण्ड फिल्ड साइटलगायतका कार्यक्रम रहेको आयोजनाले जनाएको छ ।
सोही बजेटको अधिनमा रहेर एकीकृत विकास योजना तयार भएको हो । हाल बजार क्षेत्रमा क्रमागत बजेटसहितका योजना सञ्चालनमा छन् । यो वर्ष मात्रै क्रमागत बजेटमार्फत १० योजनाको काम भइराखेको छ । यस वर्ष ११ करोड ६० लाख खर्च गर्नुपर्ने अवस्था छ । आयोजना अनुसार फिदिम नयाँ बसपार्क, बसपार्क जोरसाल मोटरबाट, नेपालटार एकीकृत बस्ती विकास आयोजना लगायतका आयोजना मुख्य हुन् । यस वर्ष मात्रै आयोजनाले क्रमागत बाहेकका १० योजनामा काम गरिरहेको छ ।

जल विद्युत्
पाँचथर जिल्लामा विद्युत्मा आत्मनिर्भर जिल्ला हो । पाँचथरमा अहिले १६ मेगावाटको विद्युत् उत्पादन भइसकेको छ जसमा हेवा ए १५ मेगावाट र खोरुङवा हाइड्रोपाबर १ मेगावाटको छ । तल्लो हेवा २२ मेगावाट, काबेली बी वान आयोजनाको २५ मेगावाट ,रौ¥याङ जलविद्युत् आयोजना इवाखोला १इ मेगावाट , कावेली ए ३७.७ मेगावाट निर्माणधिन अवस्थामा छन् ।
पर्यटन
पाँचथरलाई कृषिलाई प्रविधिमैत्री बनाएर व्यवसायीकरण गर्न जरुरी छ । पाँचथरलाई एग्रो टुरिजमको व्यापक सम्भावना छ । जिल्लामा धार्मिक र ऐतिहासिक स्थानहरू छन् । पहाडका हरिया बनजंगल र हिउँदको समयमा हिउँले ढाकेका सेताम्मे पहाडहरू साँच्चिकै मनमोहक देखिन्छन् । पर्यटकीय हिसाबले महत्वपूर्ण मानियका स्थानहरू दर्जनौं छन् । तर, त्यस्ता स्थानहरूको विकासमा पूर्वाधार निर्माणको खाँचो छ । पर्यटकीय क्षेत्रमा पुर्वाधारको विकास गरेर व्यापक रूपमा प्रचार–प्रसार गरिए पाँचथरमा उल्लेख्य मात्रामा पर्यटकहरू भित्राउने सम्भावनाहरू छन् ।पाँचथरमा राष्ट्रिय बिभूति फाल्गुनन्दको कर्मभूमि लब्रेकुटी समाधिस्थल सिलैटी ,सुर्यदय हेर्न सकिने मिक्लाजुङ , जरीबुटे, रबि, तिम्बु पोखरी, सुकेपोखरी, च्याङथापु, जोरपोखरी, हिलीहाङ दरबार क्षेत्र, बेहुलीढुङगा, सादुटारलाई एकीकृत पर्यटन प्रवद्र्धन गरी पर्यटकीय स्थलको रूपमा विकास गर्न सकिन्छ ।
जडीबुटी
पाँचथरमा उच्च लेकाली क्षेत्रहरू छन् । ती लेकाली क्षेत्रमा जडीबुटीको राम्रो सम्भावना छ । कृषि, पर्यटन, जडीबुटी विकासमा जोड दिए पहाडले चाँडै आर्थिक प्रगतिमा पड्को देखिन्छ । जिल्लामा कृषियोग्य जमिनहरू प्रयाप्त मात्रमा छन् । कृषिलाई प्रविधिमैत्री बनाएर व्यवसायीकरण गर्न जरुरी छ ।
दीपक बोहरा 

 

प्रतिक्रिया दिनुहोस्