क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, मध्यपहाडी र उत्तर–दक्षिण लोकमार्ग «

क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, मध्यपहाडी र उत्तर–दक्षिण लोकमार्ग

मुलुक संघीय संरचनामा अघि बढेसँगै विभिन्न प्रदेशहरूले आ–आफ्नो प्रदेशका जनताको जीवन स्तरमाथि उठाउन विभिन्न विकासका आधारहरू सार्वजनिक गरी अघि बढेको समयमा प्रदेश नम्बर ४ पनि अन्य प्रदशेको तुलनामा कुनै कुरामा कमि देखिँदैन । प्रदेश नम्बर ४ मा मुलुककै छिटो र सजिलो ढंगबाट आर्थिक विकास र समृद्धि हासिल गर्न सक्ने अथाह सम्भावना छ । यहाँ पर्यटनबाट आर्थिक विकास र समृद्धि गर्न सकिने सजिलो प्रदेशको रुमपा हामीले लिन सक्छौं ।
यस प्रदेशमा हावादेखि पानी हुँदै हिमश्रृंखला, प्राकृतिक तथा सांस्कृतिक स्रोत साधन र मानवनिर्मित भौतिक संरचनाहरूले पर्यटकहरूको मुख्य आकष्र्णका रूपमा छ । उत्तरमा हिमश्रृंखलादेखि पहाड हुँदै समथर जमिन तराई क्षेत्रसम्म जोडिएको जसमा उत्तरी सीमा चीनको कोरला हुँदै दक्षिणमा भारतको सिमाना सुस्तासँग जोडिएको यस प्रदेशमा सडक सञ्जालबाट विकास गर्न सकिने धेरै सम्भावना छ । प्रदेश ४ मा रहेका ११ जिल्ला मध्य कुन जिल्लामा कुन विषय वस्तु वा कृषि उत्पादनका हिसावले महत्व राख्छ त्यसको राम्रोसँग बजार प्रबद्र्धन गरी विभिन्न जिल्ला, प्रदेशहरू हँुदै विदेशसम्म पुराउन सकिन्छ । विश्वकै उत्कृष्ट शहरहरू मध्य एकमा पर्ने पोखरा प्रदेश नम्बर ४ को राजधानि हुनुले यस प्रदेशको करिब बीचभाग रहेकाले अन्य जिल्लासँगको कनेक्टिभिटीसमेत विस्तार गर्न सजिलो हुनेछ ।
प्रदेश नम्बर ४ को विकासको मेरुदण्डका रूपमा हाल क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र मध्यपहाड लोकमार्गलाई पनि लिन सकिन्छ । कसैले विमानस्थललाई विकासको इन्जिनसमेत भनेका छन् भने अधिकाशं प्रलदेश नम्बर ४ का जनताहरूले आगामी ३ वर्षमा उक्त विमान स्थल निर्माण सम्पन्न हुनेमा आशावादीमा छन् । ४ दशकभन्दा लामो प्रतीक्षा विमानस्थल निर्माणको कार्यले तीव्रता पाएको हो । अन्तर्राष्ट्रिय विमानस्थलको हाल जमिन सम्माउन र कुन संरचना कुन ठाउँमा बनाउने भन्ने विषयमा हाल तीव्र गरीमा विमानस्थल निमार्णको काम भइरहेको छ । उक्त निर्माण कार्य हालसम्म करिब ७ प्रतिशत सकिएको बताइन्छ । सन् २०२१ जुलाई ११ भित्र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने गरी नेपाल सरकारको विभिन्न विधि विधान तथा प्रक्रिया पूरा गरी चाइनिज सीएएमसी कम्पनीलाई सरकारले जिम्मा लगाएको छ । राष्ट्रिय गौरवको योजनाभित्र रहेको उक्त योजना सफल भएसँगै समग्र प्रदेशको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने हामीले विश्वास लिन सक्छौं । यहाँ २ सय सिटे अन्तर्राष्ट्रिय विमानहरू आउन थाले भने हामीले त्यसबाट कति फाइदा लिन सक्छौं, त्यसका लागि अब हामीले कस्तो सडक, हस्ता होटल तथा रेस्टुराँ र पर्यटन विकासमा कस्ता पूर्वाधार तथा विदेशी पाहुनाहरूलाई अब कस्तो प्याकेज दिने भन्ने विषयमा अब आजैबाट त्यसको गृह कार्य आवश्यक छ । निजी क्षेत्रबाट करोडौंको लगानीमा होटलहरू मात्र कुनै सीमित ठाउँमा मात्र थपिनु कति ठीक कति बेठिक त्यसको पनि अब मुल्याङकन हुनु आवश्यक छ । अब हामीले विश्व बजारका घुमन्ते पर्यटकहरूलाई नेपाल त्यसमाथि पनि प्रदेश ४ मा ल्याउने रणनीति योजना आवश्यक पर्छ । सिंगापुरले पर्यटनको क्षेत्रबाटै हाल विश्वका करोड बढी पर्यटक तान्ने गरेको छ । थाइल्याण्ड, मलेसिया, दुबई, चीन, भारतलगायतका देशका पर्यटकहरू नेपाल आउने वातावरण सिर्जना गर्न पहिलो सर्त हवाई मार्ग, रुट प्रमिट, भौतिक संरचना आवश्यक छ । प्रकृतिको अथाहः सम्भावना भएको हाम्रो प्रदेशमा भएको प्राकृतिक स्रोत साधनलाई हामीले करिब १० प्रतिशत पनि प्रयोगमा ल्याउन सकेका छैनौं ।
पोखरा विमानस्थल करिब ३७ सय रोपनी क्षेत्रफलमा कम्तीमा २२ अर्बको लागतमा विमानस्थल निर्माण हँुदै गरेकोे हो । सन् २०२१ जुलाई ११ भित्र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने गरी नेपाल सरकारको विभिन्न विधि विधान तथा प्रक्रिया पूरा गरी चाइनिज सीएएमसी कम्पनीलाई सरकारले जिम्मा लगाएको छ । उक्त कम्पनीले हाल दु्रत गतिमा विमानस्थल निमार्णको लागि काम जारी राखेको छ ।
एसियाली मुलुकबाट पर्यटकहरू आउने गरी २ हजार ५ सय मिटर लम्बाइको रन–वे बनाइँदैछ तर त्यसमा कम्तीमा ३ हजार मिटर लामो रन वे भएको खण्डमा युरोपदेखि हवाई उडानको अवतरण गराउन सकिन्छ भन्ने पोखरेलीहरूको मागसमेत छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएसँगै सिधै एसियाली मुलुकका पर्यटकहरू पोखरामा झार्ने र पोखरा क्षेत्रमा भएको हल्का वस्तुहरूको विश्व बजारमा निर्यात तथा पर्यटकहरूको बढी चापले यहाँको समग्र आर्थिक गतिविधि हुँदा पर्यटन व्यवसाय फस्टाउने यसमा कसैको दुविदा छैन ।

प्रदेश नम्बर ४ मा हाल करिब एक हजार जसो पर्यटकीय स्तरका होटलहरू रहेका छन। एक दिनमा प्रदेश ४ ले कम्तिमा ५० हजार पर्यटकलाई ब्याबसथापन गर्न सक्छ । प्रदेश ४ मा ५ बर्ष भित्र २५ लाख पर्यटक भित्राउने प्रदेश ४ का मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले उद्घोष गरेकाछन। प्रदेश ४ मा साहासिक खेल गतिविधि( प्याराग्लाईडिङ, बन्जी जम्प, जिप फुलायर,र्याङटिङ, कायकिङ, अल्ट्रालाइट लगायतका) रहेका छन् । पोखरामा फेवातालसहितका ९ ताल हुनुले यहाँको पर्यटनको अर्को सम्भावना त्यस माथि अन्नपूर्ण, माछापुच्छ«ेलगायतका हिमश्रृंखलाहरू प्रदेश ४ को राजधानी हुँदै अधिकाश पहाडी क्षेत्रबाट देखिनु पर्यटनको सम्भावना उत्तिकै छ । ट्रेकिङ रुट प्रवद्र्धन गर्नुपर्ने देखिन्छ ।
प्रदेश नम्बर ४ को आर्थिक मार्ग चित्र बनाउने सन्दर्भमा प्रत्येक सरकारले लगानी मैत्री वातावरण तयार पर्ने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीको भनाइ छ । उनका अनुसार अब प्रदेश र संघीय तारतव्य मिल्नुपर्छ । संघ र प्रदेशको आर्थिक नीति फरक हुने बताएका पूर्वअध्यक्ष मुल्मीले नेपालमा बन्ने आर्थिक नीति सर्वपरि रहने जनाए । उनले भने, “प्रतिस्पर्धाको लागि नै सुसासनका कुरा आवश्यक छ, ठूलो समस्या भ्रष्टचारजन्य प्रकृति मौलाएको छ, राजनीतिक संरक्षणमा भ्रष्टचारीहरूले उन्मुक्ति पाउने गरेका छन्, सानातिना मुद्दाहरू अब कार्यालयमा बसेर छलफल गर्ने विषय भएन अब ती न्यायालयमा जाने भएका छन् ।” प्रदेशलाई प्रतिस्पर्धी बनाउनका लागि अलिकति गृहकार्य तथा छलफलको आवश्यकता रहेको उनको बुझाइछ । सरकारले उपलब्ध गराएको स्रोत साधनले नपुगे, राजस्व उठाउने बिषयमा सिमित भए त्यसैले वैदेशिक सम्बन्धबाट ऋण उठाउने सम्बनधमा छलफल गर्न सकिने उनको बुझाइ छ । उनले भने, “नेपालको आन्तरिक ऋण उठाउने बिषयमा हामी छलफल गर्न सक्छौं, प्रदेश सरकारको नेतृत्व गर्ने त्यो सोच, दृष्टिकोण र जनसहभागितालाई परिचालन गर्न सक्ने क्षेमतामा निर्भर हुन्छ ।” सरकारले उपलब्ध गराएको श्रोतबाट यहाँको राज्य व्यवस्था सञ्चालन गर्न नपुग्दा त्यसतर्फ प्रदेश सरकार समयमै सचेत हुन उनले सुझाव दिए । उनले भने, “सरकारले पर्यटन, कृषि, जलविद्युत् लगायतका क्षेत्रमा लगानी गर्नुपर्छ तर यसमा सरकारले केही गर्न सक्दैन भन्ने मानसिकता राखेर हिँड्नु हँुदैन, सरकारले पनि सबै क्षेत्रको किटान गरी लगानी गर्नुपर्छ ।”
प्रदेश नम्बर ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले समग्र प्रदेश ४ को आर्थिक विकास र समृद्धि हासिल गर्न मुख्य आधार पर्यटन नै भएकोले सरकारले पर्यटन पूर्वाधारमा विशेष जोड दिने गरी बजेट तथा कार्यक्रम ल्याउने तयारी गरेको बताए । उनले भने “ हामीले कम्तीमा २ वर्षमा काम देखिने गरी जनताको जीवन स्तरमा थोरै भए पनि परिवर्तनको अभास दिने छौं ।” काहूँ डाँडामा निमार्ण हुन लागेको धर्मशिला विशाल बुद्धमूर्ति निर्माण, विजय टावर, प्रदेश ४ को राजधानिमा रहेका तालहरू अवलोकनको स्थलको रुपमा पनि सो क्षेत्रमा अर्व बढीको लगानी भएको मन्त्री लम्सालले जनाए । प्रदेश ४ मा एक हजार शय्याको अस्पताल निर्माण, १० हजार सिट क्षेमताको सेमिनार हल निमार्ण, एमआईसी पर्यटन हल, ३ सयवटा होमस्टे सञ्चालन गर्ने, कोरला देखि सुस्तासम्मको सडक संजाल छिटै जोड्ने, पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट र फुटवलको मैदान निमार्ण गर्ने, एक सय दिनका लागि पेट्रोलियम पदार्थको संचित गर्ने, ५ हजार मेगावाट बिद्युत उत्पादन गर्नेतर्फ प्रदेश सरकारको ध्यान जाने मन्त्री लम्सालले जनाए ।
पोखरामा निमार्ण हुँदै गरेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलसँगै मध्यपहाडी लोकमार्गले प्रदेश ४ लाई क्रस पोइन्ट गर्दा विकासको मुख्य इन्जिनको रूपमा रहने उनको बुझाइन्छ । गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बाग्लुङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्रको जनसंख्या २४ लाख १३ हजार ९ सय ७ जना छ भने यस प्रदेश २१ हजार ५ सय ४ वर्ग किलोमिटर फैलिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्