दिमागको सोच चोर्ने मेसिनको विकास «

दिमागको सोच चोर्ने मेसिनको विकास

 मानिसहरूको दिमागमा रहेको सोचलाई चोर्न सकिने मेसिनको विकास भएको छ । वैज्ञानिकहरूले मानिसले सोचिरहेको विषयलाई दिमाग पढ्ने मेसिन (माइन्ड रिडिङ मेसिन)ले अनुवाद गरी विषयवस्तुको रूपमा जस्ताको त्यस्तै प्रस्तुत गर्ने मेसिनको विकास गरेका हुन् ।
उनीहरूले ९० प्रतिशतभन्दा बढी विषयलाई अनुवाद गर्न सकिएको दाबी गर्छन् । हाम्रो दिमागमा व्यञ्जन र स्वरहरूको क्रियाकलापको अध्ययन गरी त्यसलाई प्रस्तुत गर्ने गरिएको छ । यो अनुसन्धानबाट अनुसन्धानकर्ताहरूले स्वास्थ्य क्षेत्रमा प्रयोग गर्ने र यसबाट लाभ मिल्ने जनाएका छन् । उनीहरूका अनुसार बोल्न र हिँडडुल गर्न नसक्ने बिरामीको उपचारका लागि यो मेसिनको सहयोगले पुग्ने विश्वास छ ।
स्वर र व्यञ्जन स्वरहरूले दिमाग गरिरहेको क्रियाकलापलाई संकलन र विश्लेषण गरी दिमागमा रचना हुने वाक्यको विश्लेषण यो मेसिनबाट हुन्छ । मसिना रेसा–रेसाजस्ता कोषहरूको सञ्जाल न्यूरोनको संकेतको आधारमा वाक्य संरचना हुन्छ र यसलाई माइन्ड रिडिङ मेसिनले वास्तविक समयमा प्रस्तुत हुने विषयवस्तुलाई उतार्ने काम गर्छ । वैज्ञानिकहरूको दाबी अनुसार मेसिनले नसुनेका शब्दहरूको उपयोग गर्दछ ।
यो अध्ययनका अगुवा डेभिड मोसेसले यसबारे जानकारी दिँदै यसको थप विकास गरिँदै गरिएको जनाए । तर यसका आलोचकहरूले यो मेसिनको प्रयोग गरी मानिसको दिमागमा चलिरहेको सोचलाई चोर्न पनि हुन सक्ने आंशका व्यक्त गरेका छन् । यो डिभाइसको विकास क्यालिफोर्निया युनिभर्सिटीमा भएको छ । यसको विशेष व्याख्या जर्नल अफ न्यूरल इन्जिनियरिङमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्