मानिसले रोबोटलाई संगीत सिकाउने ! «

मानिसले रोबोटलाई संगीत सिकाउने !

आजको दिनमा विश्वका धुरन्धर वैज्ञानिकहरू मानिसको दैनिकी सहज बनाउने कामका लागि अझै आधुनिक रोबोट बनाउन व्यस्त छन् । बढ्दो क्रममा रहेको रोबोटको विकासले मानिसका रोजगारीहरू अहिल्यै पनि घट्न थालेको तथ्यहरू पनि सँगसँगै आइरहेका छन् । जब मान्छेले गर्ने अधिकांश काम रोबोटले गर्ने समय आउँछ, त्यतिबेला मान्छेका काम के के बाँकी रहलान् ? अनुसन्धानकर्ताहरूले यस विषयमा पनि अनुसन्धान थालेका छन्् र प्रारम्भिक प्रतिवेदन पनि ल्याएका छन् ।
सँगै अर्को प्रश्न पनि छ, के रोबोटका फिल्महरूमा जस्तो मान्छेमाथि रोबोटले शासन गर्ने दिन पनि आउला र ? आर्टिफेसियल इन्टिलिजेन्स र मेसिन लर्निङ प्रविधिहरूको मानव यन्त्र (रोबोट) हरूमा प्रयोगको अवस्थालाई हेर्ने हो भने यो दिन नआउला भन्न सकिँदैन । प्रविधि विकासको अन्तिम चरणमा मानिसले गर्ने प्रायः सबै काम रोबोटले गर्न थाल्नेछन्, जसलाई रोबोटले दुनियाँ जितेको समयको रूपमा लिइनेछ । अब काम नै कम गर्न परेपछि हाम्रा भावि सन्ततिलाई समयको प्रशस्त बचत हुनेछ । यसो हुँदा मान्छे अल्छी हुनेछ भन्ने अनुमान पनि गरिन्छ तर उनीहरूसँग सिर्जनात्मक काम गर्न प्रशस्त समय हुने सकारात्क सोच विज्ञहरूको छ । यस्तो अवस्थमा मानिसका लागि पाँच रोजगारका क्षेत्रहरू खुम्चने अनुमान पनि वैज्ञानिकले गरेका छन् । रोबोटिक दुनियाँको चरणमा रोबोटहरूले नै अर्थतन्त्रलाई चलाएमान राख्नेछन् । वैज्ञानिकहरूका अनुसार निकट भविष्यमा वेटर, ट्याक्सी ड्राइभर वा टेलिफोनबाट सामान बेच्ने सेल्स म्या जस्ता काम रोबोटले गरिसक्ने बताउँछन् ।
रोबोटले मानिसले गर्ने काम गर्न थालेपछि मानिसहरूको रोजगार समाप्त हुने चिन्ता स्वाभाविक रहेको वैज्ञानिकको कथन छ । युनिभर्सिटि अफ न्युयोर्कका अनुसन्धानकर्ताका अनुसार सन् २०२५ सम्म रोबोटको बजार ३३ अर्ब अमेरिकी डलर बराबरको हुनेछ । “रोबोटले दुनियाँ जित्नुअघिको समयमा अहिले मेरो काम मानिस र रोबोटबीचको सम्बन्धलाई बुझ्नु र उपभोगमा यसको कार्यान्वयन गर्ने कार्य बुझनु रहेको छ,” उनले भनेका छन्, “यसको अर्थ भनेको अनुसन्धानलाई सोसल रोबोट भनिएकाहरूको मानवहरूबीच स्वीकार्यता बढाउनु हो । रोबोटले मानिससँग प्रत्यक्षरूपमा कसरी क्रियाप्रतिक्रिया गर्छ, त्यसलाई बुझ्नु हो ।” उनले रोबोटले विभिन्न बजारमा कसरी सम्बन्ध स्थापित गर्ने र नयाँ व्यावसायिक क्षेत्रमा कसरी रोजगार सृजना हुन्छन्, त्यसलाई पनि ध्यान दिनु मेरो काम हो ।” उनका अनुसार भविष्यमा रोजगार बजार कुनै चुनौती बिना सम्भव छैन । तर इतिहासमा मानिसहरूले यस्ता चुनौतीलाई अंगीकार गर्दै आएको र त्यतिखेर पनि गर्नेछन् । मानिसहरूले नयाँ अवसरहरूको उपयोग गर्नेछन् । उनको अध्ययनका अनुसार रोबोटको युगमा मानिसहरूका लागि पैदा हुने सम्भावित नयाँ पाँच रोजगारहरू यस्ता छन् ।
रोबोटलाई गाउन सिकाउने शिक्षक
रोबोट बनाउने कम्पनीहरूले रोबोटको विकासलाई ध्यान दिएर सफ्टवेयर र एप्लिकेकसनहरूको विकास गर्न केन्द्रित हुनेछन् । यसले रोबोटलाई कारखानाका कार्यहरू राम्रो राम्रो हुने गरी बनाइन्छ । यस्तो अवस्थामा नाच्न र गाउने कार्य थपिन सक्नेछन् । भाषाका कार्यहरू वा खाना पकाउने कार्यहरू थपिन सक्ने छन् । यो यथार्थमा परिणत हुने धेरै समय बाँकी छैन । सफ्टबैंकको सोसल रोबोट पिपर जो अमेरिका र बेलायतमा व्यापक लोकप्रियता हासिल गरेको छ । यसले आफ्ना मालिकको मनोरञ्जनका लागि विभिन्न गीत र नाच गर्न सक्छ । यो कार्यका लागि थप क्रियाशीलता प्रदान गर्न त्यतिखेर यस क्षेत्रमा नयाँ रोजगार मानिसहरूका लागि उपलब्ध हुनेछ । यस्ता सफ्टवेयर र हार्डवेयरको विकास गर्न मानिसहरूलाई रोजगार सिर्जना गराउनेछ ।

रोबोटको प्लास्टिक सर्जन
राम्रा सबै रोबोटका लागि व्यक्तित्व प्रदान गर्नुपर्ने हुन्छ । यसका लागि कम्पनीहरूले काम गर्नेछन् । ती रोबोटका लागि बलिया र तीव्र गतिमा चल्ने हात गोडाहरूको स्तरोन्नति गर्नुपर्ने हुन्छ । मानिसरूले आफ्नो भौतिक स्वरूपलाई शृंगार गर्ने कार्य गर्छन् । यहाँसम्म कि मानिसहरूले प्लास्टिक सर्जरी पनि गराउने गर्छन् । यी विषयहरू व्यक्तित्व प्रदान गर्नेसँग सम्बन्धित विषय हुन् । सोसल रोबोटका लागि कम्पनीहरूका लागि यस्ता कार्यका लागि कार्य गर्नुपर्ने हुन्छ । यस क्षेत्रमा ब्लुफ्रोगरोबिटक्स जसलाई नयाँ सोसल रोबोट बडीको रूपमा चिनिन्छ । यस्ता क्षेत्रमा मानिसहरूका लागि रोजगार उपलब्ध हुनेछ ।

रोबोटको नर्स
मानिसहरू जस्तै रोबोटहरूको नियमित स्वास्थ्य हेरचाहको आवश्यकता हुनेछ । समय समयमा रोबोटको जाँच गरी यसले गर्ने कार्यको सुनिश्चितता प्राप्त गर्ने गरिनेछ । रोबोटको युगमा मानिसलाई नर्सले दिने कार्यको आवश्यकता रोबोटलाई हुनेछ । यो कार्यका लागि मानिसहरूले रोजगार पाउनेछन् ।

रोबोट ट्राभल एजेन्ट
रोबोटको सम्भावित युगमा मानिसहरूले आफ्नो यात्राका क्रममा रोबोटलाई लान चाहन्छन् । यो अवस्था ठीक मानिसहरूलाई यात्राका लागि हुने कार्य जस्तो हुनेछ । मानिसहरूले विभिन्न ठाउँ घुम्दा जानकारी पाउने चाहना राखे जस्तै रोबोटहरूले राख्न सक्छन् । रोबोटका लागि बाहिर जाँदा चार्ज गर्ने मेसिन वा मर्मत गर्ने टुलको आवश्यकता पर्न सक्छ । मानिसहरूले आफूलाई चाहिने अत्यावश्यक वस्तु राख्न चाहिने सुटकेश रोबोटको लागि आवश्यक पर्न सक्छ । यस क्षेत्रमा मानिसहरूलाई रोजगारको सम्भावना छ ।

रोबोट प्रदर्शनी आयोजक र निर्णायक
अनुसन्धानकर्ताहरूका अनुसार मानसिहरूको आफ्ना पाल्तुहरूसँगको नजिकको सम्बन्ध हुन्छ । मानिसहरूले कारलाई व्यवस्थित गर्न चाहन्छन् । केही मानिसहरूका लागि उनीहरूको कुकुर र कार उनीहरूको हैसियतको पहिचान बनेको हुने गर्छ । केही विज्ञहरूका अनुसार रोबोटको विकास यसरूपमा पनि हुन सक्छ । मानिसहरूले कुकुर, बिरालो प्रदर्शनको आयोजना गरेजस्तै रोबोटमा गर्व गर्नेहरूले यस्ता प्रदर्शनीको आयोजना गर्न सक्छन् । यसो गर्नका लागि कम्पनीहरूले यस्ता प्रदर्शनीको आयोजकको खोजी गर्छन् । रोबोट प्रदर्शनमा निर्णायकहरूको आवश्यकता हुनेछ । यस्ता क्षेत्रमा मानिसहरूलाई रोजगार उपलब्ध हुन सक्ने युनिभर्सिटि अफ न्ययोर्कमा बजारशास्त्रबारे प्रवचन दिँदै हेक्टर गोन्जालेज जिमेनेजले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्