नयाँवर्ष २०७५ को अवसरमा सामसङको नयाँअफर «

नयाँवर्ष २०७५ को अवसरमा सामसङको नयाँअफर

सामसङ इलेक्ट्रोनिक्स् नेपालले नयाँवर्ष २०७५ को उत्साहलाई दोब्बर गर्दै ‘नयाँवर्षको उमङ्ग, सामसङसँग’ नामक अफर बजारमा ल्याएको छ । नयाँवर्षको उल्लासमय अवसरमा उत्कृष्ट योजनाहरुसँगै एक नौलो सुरुवातगर्न चाहने उपभोत्ताहरुलाई लक्षित गरी यस योजना नयाँवर्षको उपहारको रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । उपभोक्ताले सामसङको टिभी तथा घरायसी उपकरणको खरिदमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् भन्दै कम्पनीले पहिलो पटक सामसङले नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक, वल्र्डलिंकसँग साझेदारी गर्दै आफ्नो स्मार्ट टिभीको बिक्रीमा अनलिमिटेड इन्टरनेट तथा नेट टिभी सेवा प्रदान गर्ने पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्