एनसेलले ल्यायो ‘सही’ डेटा प्याक

एनसेलले ‘फ्युल योर फन’ योजनाअन्तर्गत आफ्ना ग्राहकका लागि अल टाइम डेटा प्याकलाई थप सुलभ बनाउँदै ‘सही’ डटा प्याक ल्याएको छ । यस नयाँ ‘सही’ डेटा प्याकमा ग्राहकले विद्यमान अलटाइम डेटा प्याकभन्दा १० गुणा बढी डेटा प्राप्त गरी थप सुलभ दरमा चौबीसै घण्टा इन्टरनेटमा पहुँचका साथै बोनस स्वरूप दैनिक एक घण्टा निःशुल्क भिडियो स्ट्रिमिङको मजापनिलिन सक्ने कम्पनीले जनाएको छ ।
‘सही’ डेटा प्याक बिहीबारदेखि लागू हुनेछ भन्दै कम्पनीले डेटा योजनाअन्तर्गत एनसेलका ग्राहकले आधा जीबीदेखि १५ जीबीसम्मको १ दिनदेखि ३० दिनसम्मको समयावधिका चौबीसै घण्टा चलाउन सकिने अल टाइम डेटा प्याकहरू ३९ देखि ७ सय ९९ रुपैयाँसम्ममा सुचारु गर्न सक्ने जनाएको छ । ग्राहकले १ दिन समयावधि रहेको आधा जीबीको सही डेटा प्याक कर सहितमात्र ३९ रुपैयाँमा सुचारु गर्न सक्नेछन् भने तिनदिन समयावधि रहेको १.५ जीबी डेटा करसहित ९९रुपैयाँ, सातदिन समयावधि रहेको ३.५ जीबी डेटा करसहित १ सय ९९रुपैयाँ र ३० दिन समयावधि रहेको १५ जीबी डेटा करसहित ७ सय ९९रुपैयाँमा सुचारु गर्न सक्नेछन् ।
‘सही’ डेटा प्याकएनसेलको टुजी, थ्री जीतथाफोर जी सबै नेटवर्कका लागि मान्य रहेको पनि कम्पनीले जनाएको छ । सही डेटा प्याकको भोलुम सकिएपछि प्याकको समयावधि भर ‘पे एज यु गो’ दर अनुसार कर सहितप्रतिएमबि १.१३ रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । यो योजना सुचारु भएको दिनदेखि ९० दिनका लागि मान्य रहनेछ ।