नेपाल बायुसेवा निगमका एजेन्टहरू सम्मानित «

नेपाल बायुसेवा निगमका एजेन्टहरू सम्मानित

नेपाल वायुसेवा निगमको टिकट बिक्री र कार्गोमा उत्कृष्टता हासिल गरेको टिकट बिक्री एजेन्ट र कार्गो एजेन्सीहरूलाई सम्मान गरेको छ । आव ०७३-७४ मा बढी टिकट बेच्ने र बढी कार्गो तौल दिनेहरू सम्मानित भएका हुन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं निगम सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद देवकोटाले सम्मानपत्र प्रदान गरेका छन् ।
सम्मान पाउनेमा आन्तरिकतर्फका तीन बढी टिकट विक्रेता दुइटा कार्गो एजेन्ट बैंककका तीनवटा पीएसए र तीनवटा जीएसएसहित नेपालका १० वटा बढी टिकट विक्रेताले सम्मान पाएका छन् ।
कार्यक्रमा बोल्दै सचिव कृष्णप्रसाद देवकोटाले पर्यटकहरू पाएसम्म आफ्नै देशको र नभए गन्तव्य मुलुकको ध्वजावाहक प्रयोग गर्न चाहने भएकोले नेपाल वायु सेवा निगमले विमान थप्दै गएर पर्यटकहरू आकर्षित गर्नुपर्नेमा जोड दिए ।
नेपालका दुई छिमेकी राष्ट्र चीन र भारतबाट पर्यटनका लागि निस्कने पर्यटक संख्या पर्याप्त भएकाले त्यो बजारलाई उपयोग गर्नुपर्दछ जसले सन् २०२० मा १५ लाख पर्यटक पु¥याउने लक्ष्य सजिलै पूरा गर्न सकिने विश्वास समेत व्यक्त गरेका छन् ।
निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले व्यापार विस्तार गर्दै गन्तव्य थप्ने रणनीति निगमले लिएको र निगमका विमान पुगेका ठाउँहरूबाट यात्रुले सस्तो टिकट पाएको दावी गरे । उनले विश्वको रोजगारीको विश्लेषण गर्दा ९.५ प्रतिशत रोजगारी पर्यटन उद्योगले दिएको बताउँदै निगमले सञ्चालन गरेको ग्राउण्ड ह्याण्डलिङ सेवा उत्कृष्ट ठहरिएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्