ट्रम्पलाई कसरी भेट्लान् किमले ? «

ट्रम्पलाई कसरी भेट्लान् किमले ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनसँग जुनमा भेटघाट हुने संकेत दिएका छन् । विगतका केही दिनमा यो हाई–प्रोफाइल भेटघाटको तयारीको पनि चर्चा भइरहेको छ । कोरियाली संकट समाधानका लागि यो एउटा सुखद संकेत पनि हो । तर यो भेटघाटको एउटा रोचक तथ्य पनि सामुन्ने देखा परेको छ । लाखौं सेनाका कमान्डर, अन्तरमहाद्विपीय ब्यालेस्टिक मिसाइल तथा परमाणु हतियारको संख्या बढाउने दाबी गर्दै आएका उत्तर कोरियाली नेता किम जोङ उनसँग बीचमा नरोकीकन अमेरिका पुग्ने कुनै पनि वायुयान छैन ।

तर विश्वका प्रभावशाली नेतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा चिनियाँ राष्ट्रपति सी जिनपिङको बराबरी हुने प्रयासमा रहेका किमका लागि विमान प्रतिष्ठाको विषय भएको छ । ट्रम्पसँग भेटघाट गर्नका लागि किम कुन विमानबाट जानेछन् भन्ने विषय अझै पनि स्पष्ट भइसकेको छैन । ट्रम्पसँग भेटघाटका लागि किमलाई कुनै ठाउँमा नरोकीकन प्रशान्त महासागर पार गरेर युरोप जान सक्ने विमानको आवश्यकता छ ।

जर्ज बुस प्रशासनमा कोरियाली मामिलाका सीआईए विश्लेषक सू मी टेरीले किमसँग जे छ त्यसमा हामी हाँस्न  मात्रै सक्छौं, किनकि त्यो विमान सा¥है पुरानो छ भनेको वासिङ्टन पोस्टमा प्रकाशित एक समाचारले जनाएको छ । उनले आफ्नो पुरानो सोभियत विमानलाई ठट्टा मात्रै बनाउन सकिने बताएको वासिङ्टन पोस्टले जनाएको छ । आफ्नो प्रतिष्ठा बचाउनका लागि किमसँस सीमित विकल्प मात्रै छ । उनले दक्षिण कोरिया र उत्तर कोरियाबीचको असैन्य क्षेत्रमा भेटघाट राख्न सक्छन् । यो स्थानमा उनी यसै महिना दक्षिण कोरियाका राष्ट्रपति मुनसँग भेटघाट गर्दैछन् ।

केही जानकारका अनुसार उनले चीन तथा रूससँग विमान माग्न सक्छन् । केही विश्लेषकका अनुसार ट्रम्पले यो भेटघाट अमेरिका, सिंगापुर, स्विट्जरल्यान्ड वा स्वीडेनमा राख्न सक्छन् । यो स्थानमा उनले प्योङयाङको तुलनामा बढी सुरक्षाको अवस्था पाउनेछन् ।

राजधानी प्योङयाङमा अग्लो भवन बनेको छ । धेरैजसो पैसा हतियारमा खर्च गरिएको छ । सिंगल इन्जिनवाला जेटका लागि कैर्या धावनमार्ग बनाइएको छ, तर देशको विकास रोकिएको अवस्थामा छ । किमका पिता पनि विमानबाट यात्रा गर्न डराउने भएकाले उनी रेलबाट मात्रै यात्रा गर्थे । किम स्कुलमा पढ्नका लागि स्विट्जरल्यान्ड विमानबाट नै गएका थिए ।

तर हाल किम उन जोङसँग कुनै पनि विमान नभएकाले उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाटका लागि कसरी जानेछन् ? कौतूहलताको विषय नै भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्