नेपाल क्रेडिट एन्ड कमर्स बैंक र रिलायन्स लाइफबीच सम्झौता «

नेपाल क्रेडिट एन्ड कमर्स बैंक र रिलायन्स लाइफबीच सम्झौता

नेपाल क्रेडिट एन्ड कमर्स बैंक र रिलायन्स लाइफ इन्स्योरेन्सबीच बैंंक इन्स्योरेन्समार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे चैत २७ गतेका दिन सम्झौता भएको छ । सम्झौताअनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट रिलायन्स लाइफ इन्स्योरेन्सको पोलिसी बिक्री गरिनेछ । सम्झौतामा नेपाल क्रेडिट एन्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमन पराजुलीले संयुक्त रूपमा हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस्