जोन प्लेयर्स नव वर्ष–२०७५ उत्सव अफर

जोन प्लेयर्सले नयाँ वर्ष–२०७५ का लागि स्क्राच गर्नुहोस् र उपहार जित्नुहोस् अफर ल्याएको छ । अफरअन्तर्गत, जोन प्लेयर्सले आफ्ना आउटलेटबाट तत्काल छुट प्रदान गर्ने घोषणा गरेको हो । जोन प्लेयर्स, नेपालको निजी क्षेत्रको एउटा ठूलो प्रतिष्ठान सूर्य नेपाल प्रालिद्वारा प्रबद्धित पुरुष पहिरनको प्रिमियम ब्रान्ड हो भन्दै कम्पनीले नयाँ वर्ष–२०७५ सालको उपलक्ष्यमा, कम्पनीले यसका महत्वपूर्ण ग्राहकहरुमाझ उत्साहपूर्ण अफरको घोषणा गरेको पनि जनाएको छ । ग्राहकले जोन प्लेयर्सको प्रत्येक ०७५ को खरिद सँगै स्क्राच कार्ड प्राप्त गर्ने र स्क्राच गरी २ हजार ७५ रुपैयाँसम्मको छुट तत्काल प्राप्त हुने कम्पनीले जनाएको छ । यो गजबको योजना चैत २३ गतेदेखि ०७५ वैशाख २० गतेसम्मका लागि रहने कम्पनीले जनाएको छ ।