सिटिजन्सद्वारा कमल निम्न माध्यमिक विद्यालयलाई आर्थिक सहयोग प्रदान

सिटिजन्स बैंक इन्टरनेसनलले कमल निम्न माध्यमिक विद्यालयलाई २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । हरेक वर्ष बैंकले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको भन्दै यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो वार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको जनायो छ । बैंकले आफ्नो ११ औ वार्षिक उत्सवको उपलक्ष्यमा यस विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ । एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको समुपस्थितिमा २ लाख ५० हजार रुपैयाँको चेक विद्यालयका प्राचार्य एमबी खड्काललाई उमंग शर्माद्वारा हस्तान्तरण गरियो ।