जुकरबर्गकै व्यक्तिगत डाटा चोरी «

जुकरबर्गकै व्यक्तिगत डाटा चोरी

वासिङटन-सनफ्रान्सिस्को-फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफ्नै व्यक्तिगत डाटा समेत चोरी भएको बताएका छन् । राजनीतिक परामर्शदाता एनालाईटिकाले प्रयोग गरेको ८ करोड ७० हजार मानिसको डाटा मध्ये आफ्ना पनि परेको उनले अमेरिकी संसदको सदस्यहरुलाई बाए ।
अमेरिकी प्रतिनिधि सभाको उर्जा तथा वाणिज्य समितीका सदस्यको सामु उनले भने,“प्रत्येक पटक कोई प्रयोगकर्ताले जुन बस्तु सेयर गर्न इच्छा व्यक्त गर्छन्, उक्त सेयरमा सेयरकर्ताको नियन्त्रण रहन्छ ।”
सामान्य रुपमा खैरो रङको टी–सर्टमा देखिने जुकरबर्ग एक पटक फेरी कालो रङको सुटमा देखिएका छन् । जुकरबर्गलाई २ दिन सम्म अमेरिकी संसदमा उपस्थित हुनु थियो । मंगलबार पनि उनले ५ घन्टा सम्म अमेरिकी सांसदको जवाफ दिएका थिए ।
फेसबुकको प्रगतीबाट जुकरबर्ग साह्रै खुसी थिए । तर फेसबुकको डाटा चुहावट भएको र यसको अमेरिकी चुनावमा प्रयोग भएपछि फेसबुकको कार्यालयमा धेरै उथलपुथलको अवस्था देखिएको छ । न्यूजर्सीका प्रतिनिधि फ्यांक पालोनले सोधेका छन्,“फेसबुककै आफ्नो डाटामा नियन्त्रण छैन भने यसमा प्रयोगकर्ताको नियन्त्रण कसरी हुन्छ ?”
फेसबुक डाटा चुहावटमा करिब ८ करोड ७० लाख मानिस प्रभावित भएका थिए । सांसदहरुले यो कुरालाई सुनिश्चित गर्न आग्रह गरेका छन् । मंगलबार सिनेटको वाणिज्य र न्यायीक समितीमा पनि जुकरबर्गे फेसबुकका कारण भएको गडबडीको जिम्मा लिएका थिए । भारतमा आगामी चुनावमा पुरा सतर्कता अपनाउने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्