पर्यटन प्रवद्र्धन गर्न क्षेत्रीय विमानस्थलमा रात्रिकालीन हवाई उडान : पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन प्रवद्र्धन गर्न देशका क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरूबाट रात्रिकालीन हवाई उडानलाई प्रभावकारी ढंगले अघि बढाउने बताएका छन् ।
पोखराको फेवाताल किनारस्थित कोमागाने पार्कमा बुधबारदेखि सुरु भएको १५ औं फेवा नव वर्ष महोत्सव २०७५ उद्घाटन गर्दै मन्त्री अधिकारीले पर्यटन प्रवद्र्धन गर्न देशका विभिन्न क्षेत्रमा पर्यटकीय गन्तव्य बनाउन रात्रिकालीन हवाई उडानलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने बताएका हुन् । उनले भने, “भैरहवा, विराटनगरबाट हाल रात्रिकालीन हवाई उडान सुरु भएको छ, धनगढी, भद्रपुरमा रात्रिकालीन हवाई उडान गर्ने तयारी गरेको छौं, काठमाडौंको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई ट्राफिक जाम भएकाले पनि हामीले यस्तो अवधारणा ल्याएका हौं ।”
पोखरा विमानस्थल बाहेक नेपालका पाँचवटा विमानस्थल छनोट गरी राति पनि सेवा दिने अवस्था सिर्जना गर्ने तयारी भएको बताउँदै मन्त्री अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थलको सुधारको काम अघि बढिसकेको जनाए । उनले भने, “पोखरा देशकै पर्यटनको राजधानी हो, पोखरामा निर्माण हुँदै गरेको विमानस्थलको काम हाल तीव्र गतिमा भइरहेको छ, पोखरामा सन् २०२१ जुलाई भित्र अन्तर्राष्ट्रिय हवाई उडान भइसक्छ ।” भैरहवामा विमानस्थलको निर्माण्को कार्य दु्रत गतिमा अघि बढेको बताएका मन्त्री अधिकारीले निजगढ, नेपालगन्ज, वीरगन्ज र जनकपुरमा पनि निमार्णको कार्य अघि बढेको बताए । कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान साडे सातबाट बढाउर २५ प्रतिशत पु¥याइने उनले महत्वकांक्षी योजना सुनाए ।
स्थानीय तथा प्रदेश सरकारले स्थानीयस्तर पर्यटन विकास बोर्ड वा समिति गठन गरी पर्यटन पूर्वाधारमा जोड दिन निर्देशन दिएको मन्त्री अधिकारीले बताए । फेवातालको अतिक्रमणलाई रोक्ने र लेकसाइडलाई फारकिलो पारी पोखरा लखेनाथ महानगरपालिका ६ बाट बिस्तार गरी वडा नम्बर १७ सम्म पु¥याउने लक्ष्य राखिएको मन्त्री अधिकारीले बताए । फेवाताल स्ांरक्षण एसियाली विकास बैंकको लगानी भए पनि स्थानीय तहबाटै निगरानी हुने उनले जनाए ।
मन्त्री अधिकारीले सरकारले केही महिना भित्रमा एक सयवटा पर्यटकीय गन्तव्य पहिचान गरी तिनको प्रचार गर्ने तयारी गरेको बताए । पोखरा र वरपरको क्षेत्रमा दर्जनौं होमस्टे विकास गर्ने र स्थानीय उत्पादन खुवाउने होमस्टेलाई मात्र सरकारले प्रोत्साहन र सहयोग गर्ने उनको भनाइ थियो । पर्यटकीय लेकसाइडलाई राति दुई बजेसम्म र काठमाडौंको ठमेललाई तीन बजेसम्म खोल्ने पहल गर्ने पनि उनले बताए ।
प्रदेश ४ का पर्यटन मन्त्री विकास लम्सालले पर्यटन प्रवद्र्धन गर्न प्रदेश सरकारले कोरलादेखि सुस्तासम्म स्तरीय सडक निर्माण गर्ने योजना भएको बताए । प्रदेश ४ र खास गरी पोखरा आउने पर्यटकको तथ्यांक राख्ने काम सुरु गर्ने उनको भनाइ थियो । कार्यक्रममा प्रदेश ४ का सभासद कृष्ण थापा, अर्का सभासद राजीव पहारी, कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, वडा महिला समन्वय समिति बैदामकी अध्यक्ष विष्णु केसी र आयोजक संघका प्रथम उपाध्यक्ष लक्ष्मण सुवेदीलगायतले बोलेका थिए ।
महोत्सव उद्घाटन अघि लेकसाइडस्थित हल्लनचोकबाट निकालिएको झाँकीसहितको सांस्कृतिक ¥याली कोमागाने पार्कमा पुगी उद्घाटन समारोहमा परिणत भएको थियो । फेवातालको संरक्षण गरौं भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवले पर्यटन, संस्कृति र खानाको पक्षलाई बढी जोड दिएको आयोजक पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष एवं महोत्सव संयोजक विकल तुलाचनले बताए । नेपालका मुख्य सहरहरूमा अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्र्ष पनि उत्तिकै महत्वका साथ प्रचार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने उद्देश्य महोत्सवले लिएको उनले बताए ।