कांग्रेसचोकमा एनआईसी एसियाकोे शाखा «

कांग्रेसचोकमा एनआईसी एसियाकोे शाखा

एनआईसी एसिया बैंकले नवलपुर जिल्लाको गैंडाकोटस्थित कांग्रेस चोकमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । मंगलबार नयाँ शाखाको गैंडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेल र बैंक सञ्चालक समितिका सदस्य राजेन्द्र अर्यालले रिबन काटेर संयुक्त रूपमा गरेका थिए ।
सो अवसरमा बोल्दै मेयर छत्रराजले स्थानीय कियामा बैंकिङ सेवा नपुगेको अवस्थामा क वर्गको बैंक गैंडाकोट आउनु आर्थिक समृद्धिका लागि नयाँ कोसेढुंगा भएको बताए । अब एनआईसी बैंकका कारण यहाँका व्यापारी, व्यवसायी तथा स्थानीय सर्वसाधारणलाई सहज पुग्ने विश्वाससमेत व्यक्त गरेका थिए ।
बैंकको १७४ औं शाखाका रूपमा कांग्रेसचोकमा एटीएमसहित सेवा औपचारिक रूपमा आजबाट सुरु भएको बैंक सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद अर्यालले बताए । ‘क’ वर्गका बैंक मुख्य–मुख्य सहरमा रहेको भए पनि गाउँ–गाउँमा बिस्तार नभएको भन्दै एनआईसी एसिया बैंकले गाउँ–गाउँमा शाखा बिस्तार लक्ष्य गर्ने लक्ष्यअनुसार आफूहरू गाउँ–गाउँमा पुगेको बताए ।
सोही अबसरमा गैंडाकोट उद्योग वाणिज्य संघका अधयक्ष अमृत भट्टचनले बैंकिङ क्षेत्रमा वित्तीय तरलता भइरहेको बेला बैंकले शाखा सञ्जाल बिस्तार हुनेले आर्थिक विकासमा अगाडि बढिरहेको गैंडाकोटवासीलाई सहज भएको बताए ।
कार्यक्रममा गैंडाकोट नगरपालिकाकी उपमेयर विष्णुकुमारी कँडेल, वडा न ४ का वडा अध्यक्ष कृष्णपसाद न्यौपाने, बैंकका क्षेत्रीय प्रबन्धक तिलक कार्कीलगायतले बोलेका थिए । विराटनगरबाट सुरु भएको बैंकको अहिले देशभरि १ सय ९२ शाखा कार्यालय, १ सय ९३ एटीएम, ४ वटा एक्स्टेन्सन काउन्टर, ४ ब्राञ्चलेस बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्