एनआरएनए रसियाद्वारा मृगौला उपचारमा सहयोग «

एनआरएनए रसियाद्वारा मृगौला उपचारमा सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) रसियाले मृगौला रोगबाट पीडित नेत्रबहादुर खत्रीको उपचारका लागि १ लाख ८२ हजार ९ सय सहयोग गरेको छ । रसिया रोजगारी गरी उपचारका लागि नेपाल फर्किएका खत्रीको थप उपचारका लागि सो सहयोग गरिएको एनआरएनए रसियाले जनाएको छ ।
खत्रीको रोजगारीका क्रममा अचानक दुवै मृगौंला फेल भएपछि हाल काठमाडौँको राष्ट्रिय मृगैला केन्द्रमा उपचारार्थ भर्ना भई उपचार गरिरहेका छन् । उनको शिघ्र स्वास्थ्य लाभको कामनासहित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् रसियाले उनको आफन्तलाई सो रकम हस्तान्तरण गरेको छ । गैरआवासीय नेपाली संघको सचिवालयमा राष्ट्रिय समन्वय परिषदका अध्यक्ष रामेश्वर गौतम र गैरआवासीय नेपाली संघका सचिव जानकी गुरुङले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका थिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा ओसेनियाका क्षेत्रीय महिला उपसंयोजक प्रीति शर्मा, एनसिसि रसियाका संरक्षक उत्सव कुमार अमात्य, एनसिसि कोरियाका महासचिव डा. इन्दीरा तिवारी र विभिन्न मुलुकबाट आएका गैरआवासीय नेपालीहरूको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्