Logo

मेगा बैंकको नयाँ वर्ष अफर

मेगा बैंक नेपाल लिमिटेडले नयाँ वर्षको अवसर पारेर ग्राहकहरूलाई बचत र मुद्दती खातामा नयाँ अफरहरू ल्याएको छ । मेगा बैंकले ग्राहकहरूको मागलाई ध्यानमा राखेर ८ प्रतिशत सर्वप्रिय बचत खाता सञ्चालनमा ल्याएको हो । यो खाता खोल्दा थुप्रै सेवाहरू निःशुल्क पाइने भएका छन् । निःशुल्क पाइनेमा भिसा डेबिट कार्ड, क्रेडिट कार्ड, अनलाइन बैंकिङ, एसएमएस सेवा, एबीबीएस सुविधा, चेकबुक, अकाउन्ट स्टेटमेन्ट, स्टप पेमेन्ट र गुड फर पेमेन्ट सेवा छन् । यसैगरी, खाता खोल्ने हरेक ग्राहकलाई पाँच लाखसम्मको दुर्घटना बिमाको व्यवस्था गरिएको छ । लकर सुविधामा शतप्रतिशतसम्म छुटको व्यवस्था छ भने होम बैंकिङ र प्राइभेट बैंकिङ सुविधाको पनि व्यवस्था गरिएको छ ।
यस्तै, मेगा बैंकले १० प्रतिशत ब्याज पाइने ६० दिने मुद्दती खाता र हरेक महिना ११ प्रतिशत ब्याज पाइने एक वर्षे मुद्दती खाता पनि ल्याएको छ । ५ लाख न्यूनतम बचत रहेको १० प्रतिशत मुद्दती खाता अहिले पनि संचालनमा छ भने ८ प्रतिशत पाइने सर्वप्रिय बचत खाता र ११ प्रतिशत मासिक ब्याज पाइने मुद्दती खाता वैशाख २ गतेबाट सञ्चालनमा आउनेछ ।
ग्राहकहरूको विश्वास जित्दै अघि बढ्ने क्रममा बैंकले नयाँ वर्षको खुसियालीमा नयाँ सुविधाहरू ल्याएको मेगा बैंककी कायममुकाम सिईओ अनुपमा खुञ्जेलीले बताए ।

प्रतिक्रिया दिनुहोस्