शीतयुद्ध मानसिकताविरुद्ध सीको चेतावनी «

शीतयुद्ध मानसिकताविरुद्ध सीको चेतावनी

देशको अर्थतन्त्रको आंशिक क्षेत्र खुला गर्ने बताउँदै चिनियाँ राष्ट्रपति सी जिनपिङले शीतयुद्धको मानसिकताविरुद्ध चेतावनी दिएका छन् ।
एसियाको डाभोसका रूपमा चिनिँदै आएको बोआवो फोरममा एसियाका लागि दिएको भाषणमा उनले अमेरिकासँगको व्यापार युद्धलाई शान्त पार्ने बताएका छन् ।
उनले कारमा आयात कर कटौती गर्ने र विदेशी फर्मलाई चीनमा लगानी गर्नका लागि तोकिएको मापदण्ड खुकुलो पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
वासिङ्टनसँग चलिरहेको विवादको विषयमा उनले कुनै पनि विशेष किसिमको अभिव्यक्ति दिएका छैनन् । दुवै मुलुकले हाल जस्तालाई तस्तैको कदम चाल्दै आयातमा भन्सार लगाउने योजना सार्वजनिक गर्दै आएका छन् ।
तर, यसको विपरीत अमेरिकी राष्ट्रपतिको अमेरिका फस्टको अडान आएको छ । यस्तो अवस्थामा पनि सीले खुलापनका लागि आग्रह गरेका छन् ।
“मानव समाजले खुलापन वा बन्दको प्रमुख चुनौतीको सामना गर्दैै आएका छन् । उनीहरूमाझ अगाडि बढ्न वा पछाडि हट्ने भन्ने विषयको चुनौती देखिएको छ,” सीले भने ।
“आजको विश्वमा शान्ति र सहयोगको प्रवृत्ति अगाडि बढिरहेको छ र शीतयुद्धको मानसिकता र शून्य योगको खेल पुरानो भइसकेको छ,” उनको भनाइ थियो ।
“अन्यलाई नसोची कुनै एक समुदायलाई मात्र ध्यान दिँदा यसले अवरोधको अवस्था मात्रै सिर्जना गर्छ । एकसाथ मिलेर काम गर्नाले मात्रै विन–विनको नतिजा आउन सक्छ,” उनले बताए ।
सयौं चिनियाँ सामानमा भन्सारको माध्यमबाट असर पुराउने अमेरिकी राष्ट्रपति ट्रम्पको योजनाले व्यापार युद्धको सन्त्रास फैलाएको छ । यसका बारेमा प्रतिक्रिया दिनका लागि अझै बाँकी छ ।
चीनले अर्थतन्त्रलाई खुला गर्ने विषयको सुरुको प्रतिबद्धता अझै पूरा गर्न बाँकी रहेको दाबी वासिङ्टनको छ । यसमा अन्तर्राष्ट्रिय कम्पनीलाई बजारमा पहुँच दिने विषयमा देखिएको अवरोध र लगानीकर्तालाई संयुक्त लगानीका लागि दबाब दिने तथा बौद्धिक सम्पत्ति हस्तान्तण गर्ने लगायतका विषय समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्