१० खर्ब डलरको बजेट घाटामा अमेरिका

आगामी २०२० देखि अमेरिकाको वार्षिक बजेट घाटा १० खर्ब डलर पुग्ने कंग्रेसनल बजेट कार्यालयले जनाएको छ । कर कटौती र उच्च सार्वजनिक खर्चका कारण बजेट घाटा यो अनुपातमा पुग्ने दाबी कार्यालयको छ ।
कर कटौतीको यो नीतिले अस्थायी रूपमा अमेरिकी अर्थतन्त्रलाई उकासे पनि यसले दीर्घकालीन ऋणको अनुपातलाई पनि बढाउनेछ ।
अमेरिकी ऋण दोस्रो विश्वयुद्ध र वित्तीय संकटको तहमा पुग्न सक्ने एजेन्सीले जनाएको छ ।
अमेरिकामा लागि यसको गम्भीर नराकारात्मक नतिजा आउन सक्ने चेतावनी कार्यालयले दिएको छ ।
कार्यालयले आर्थिक वृद्धि यो वर्ष र आगामी वर्षका लागि क्रमशः ३.३ र २.४ प्रतिशतमा बढाएको छ ।
कर आम्दानी र सरकारी खर्चबीचको भिन्नता अघिल्लो वर्षको ६ सय ६५ अर्ब डलरबाट यो वर्ष ८ सय ४ अर्ब डलर हुने अपेक्षा गरिएको छ ।
त्यसपछि बजेट घाटा २०२० सम्ममा बढेर १० खर्ब डलर पुग्ने अपेक्षा गरिएको छ ।
आगामी दशकसम्मको अवधिमा समग्र अमेरिकी घाटा १०.१ ट्रिलियनको पूर्वानुमानबाट ११.७ ट्रिलियन डलर पुग्ने अपेक्षा गरिएको छ ।
२०२८ सम्ममा ऋण २८ ट्रिलियन अर्थात् जीडीपीको ९६ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ ।
यदि व्यक्ति र परिवारका लागि दिइएको कर कटौती तोकिएको समयमा समाप्त नभएमा यो आकार अझै बढ्न सक्नेछ ।
यस किसिमको बढ्दो र उच्च अवस्थाको ऋणले बजेटमा र स्वयं देशका लागि पनि नकारात्मक प्रभाव पार्ने कार्यालयले जनाएको छ ।