कुमारी बैंकको वीरगन्ज शाखामा वृक्षारोपण कार्यक्रम

कुमारी बैंक लिमिटेडको १७ औं वार्षिकोत्सवको सुखद उपलक्ष्यमा बैंकको बिरगञ्ज शाखाले वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा महानगरपलिकाका मेयर विजयकुमार सरावगी तथा शाखा प्रबन्धक राजेशप्रसादले वीरगन्ज शाखा परिसरमा १० वटा बिरुवा रोपेका थिए । कार्यक्रममा वीरगन्ज महानगरपलिकाका मेयर विजयकुमार सरावगी, वडा अध्यक्ष राम नगिना शाह, वीरगन्ज महानगरपलिकाका सञ्चालक समितीका सदस्य सुशील शाह एवं स्थानीय बासिन्दाहरूको उपस्थिति थियो । यसै उपलक्ष्यमा बैंकले साताव्यापी संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना शाखाहरूमार्फत विभिन्न कार्यक्रमहरू आयोजना गर्ने जनाएको छ । कुमारी बैंकले नेपालमा प्रचलित परम्परागत बैंकिङ पद्धतिलाई नयाँ प्रविधिको प्रयोगमार्फत ग्राहक वर्गको सुविधा र चाहना अनुरुपका सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको छ । साथै बैंकले आगामी दिनमा उत्कृष्ट सेवा तथा सुविधाहरू प्रदान गर्दै अझ बढी विश्वसनीय र सबल बैंकका रूपमा प्रस्तुत हुने प्रण गरेको छ । हाल बैंकले ७२ शाखा, २ एक्सटेन्सन काउन्टर तथा ५८ वटा एटीएमद्वारा आधुनिक बैंकिङ सेवा उपलब्ध गराइरहेको छ ।