अमेरिकामा चिनियाँ लगानीमा भारी गिरावट «

अमेरिकामा चिनियाँ लगानीमा भारी गिरावट

दुई मुलुकबीचको तनाव उचाइमा पुगेसँगै गत वर्ष चीनले अमेरिकामा गरेको लगानीमा भारी गिरावट आएको छ ।
२०१७ मा घोषणा गरिएको सम्झौताको लगानीमा अघिल्लो वर्षको तुलनामा ९० प्रतिशतभन्दा बढीको गिरावट आएको अमेरिका–चीन सम्बन्ध र रोडियम ग्रुपले संयुक्त रूपमा गरेको अध्ययनले देखाएको छ ।
दुवै मुलुकमा देखिएको नीति रूपान्तरणका कारण लगानीमा गिरावट आएको हो ।
अमेरिकाले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै चिन्ता व्यक्त गरेपछि चीनले पनि सीमापार लगानीमा नियन्त्रण गरेको छ ।
गत वर्ष चिनियाँ फर्मले अमेरिकामा २९ अर्ब डलरको लगानी पूरा गरेका थिए । यो अघिल्लो वर्षको ४६ अर्ब डलरको दाँजोमा ३५ प्रतिशतले कम हो । यदि २०१७ का लागि घोषणा गरिएको कारोबार समावेश नगर्ने हो भने पूरा भएका सम्झौताको मूल्य ७४ प्रतिशतले ओरालो लागेको छ ।
अमेरिकामा हुने चिनियाँ लगानीमा आएको गिरावट गत दशकको चीनले विदेशमा गरेको लगानीपछिको हो । यसले चीन र अमेरिका, अस्ट्रेलिया तथा जर्मनीलगायतका मुलुकमा चिन्ता थपिएको छ ।
२०१६ को अन्त्यतिर चिनियाँ नियामकले सीमापार लगानीमा नियन्त्रणको कदम ल्याएको थियो ।
अमेरिकामा राजनीतिज्ञहरूले चिनियाँ कम्पनीप्रति चिन्ता व्यक्त गर्दै आएका छन् । सरकारी समर्थन भएका कारण चिनियाँ लगानीले सैन्य र सुरक्षासँग सम्बन्धित प्रविधिलाई निसाना बनाएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका हुन् ।
गत वर्ष अमेरिका वैदेशिक लगानी समितिले झन्डै १० अर्ब डलरको सम्झौता रोकेको थियो । यसमा अमेरिकी सेमिकन्डक्टर र आल्मुनियम कम्पनीहरूको बिक्री पनि समावेश छ ।
यो वर्ष चिनियाँ लगानीका कैयांै उच्च प्रोफाइल अमेरिकामा रोकिएको छ । यसमा चीनको एन्ट फाइनान्सियल फर्मलाई पैसा पठाउने फर्म मनिग्रामको बिक्री पनि रोकिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना कर्मचारीलाई अमेरिकामा चिनियाँ लगानी सीमित पार्ने नयाँ विधिको पहिचान गर्नका लागि आग्रह गरेका छन् । यसलाई बौद्धिक सम्पत्ति चोरीको प्रतिक्रियाको अंशका रूपमा हेरिएको छ ।
हाल अमेरिकामा चिनियाँ फर्मको बहुसंख्यक लगानी रहेको कम्पनीले १ लाख ४० हजारलाई रोजगारी दिँदै आएको छ । यसमा विशेष गरी रियलइस्टेट, आतिथ्य र मनोरञ्जनलगायतका भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्