Logo

रारा–कर्णाली पर्यटन वर्ष कस्तो छ अवस्था

कर्णाली प्रदेश सरकारले रारा कर्णाली पर्यटन वर्षको घोषणा गरे पनि पूर्वाधार क्षेत्रमा कम देखिएको छ । पर्यटन वर्ष सुरु हुनै लाग्दा सुर्खेतदेखि रारासम्मको सडक, सञ्चार र पर्यटकको बासस्थानको पूर्वाधारमा कमी देखिएको हो ।
कर्णाली प्रदेश सरकारले ०७५ साललाई कर्णाली–रारा पर्यटन वर्षको घोषणा गरेको भए पनि पूर्वाधार विकास ध्यान दिन स्थानीयले माग गरेका छन् ।
सुर्खेतदेखि मुगुको रारासम्म जाने सडक, त्यहाँ पुग्ने पर्यटकलाई बासस्थानको उपयुक्त ठाउँहरूको पूर्वाधारमा कमी रहेको मुगु रारा छायानाथ नगरपालिकामा–५ पिनामा स्थानीय नबराज बूढाले बताए । “कर्णाली पर्यटन वर्ष मनाउने सरकारको निर्णय स्वागतयोग्य छ,” उनले भने, “तर, पूर्वाधार विकासमा भने सरकारले ध्यान दिएको पाइँदैन् ।”
प्रधानमन्त्रीले राराबाट राष्ट्रका नाममा सम्बोधन गर्ने
उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । वर्षभरि नै पर्यटन प्रवद्र्धनका गतिविधिहरू सञ्चालन गर्न कर्णाली प्रदेश सरकारले वैशाख १ गते रारा तालमा पर्यटन वर्षको उद्घाटन गर्न लागेको हो । उद्घाटन स्थल रारा तालबाटै प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोन्धन गर्ने कार्यतालिका छ ।
प्रदेशको बलियो आधार पर्यटन क्षेत्र भएकाले सरकारले आगामी वर्षलाई पर्यटन वर्षका रूपमा मनाउन लागेको छ । कर्णाली प्रदेशको पर्यटन क्षेत्रलाई प्रचार–प्रसार गर्न प्रदेश सरकारले रारातालमा कर्णाली–रारा पर्यटन वर्षको शुभारम्भ गर्दैछ ।
भौतिक पूर्वाधारका कामहरू सम्पन्न भएपछि मात्रै पर्यटन विकास गर्न नसकिने भएकाले आगामी वर्षलाई पर्यटन वर्षका रूपमा मनाउन लागेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । “यहाँको मुख्य आधार भनेकै पर्यटन क्षेत्र हो,” शाहीले भने, “प्रदेश भित्रका सबै पर्यटन क्षेत्रमा पर्यटकहरूलाई सहज रूपमा पु¥याउन हामी कटिवद्ध छौं ।”
कर्णालीको विकासमा पर्यटन दरिलो आधार भएकाले शुभारम्भ रारा तालबाट गर्न लागेको मुख्यमन्त्री शाहीले जानकारी दिए । मुख्यमन्त्री शाहीले सुर्खेतदेखि हुम्ला र कालिकोटदेखि पश्चिम रुकुमका पर्यटन क्षेत्रहरूको विकास गर्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् । पर्यटनको खानी रहेको कर्णाली प्रदेशले आन्तरिक र बाह्य पर्यटक भिœयाउनमा सरकारले प्याकेज नै घोषाण गर्न लागेको उल्लेख बताए ।

सडकको समस्या
कर्णाली पर्यटन वर्ष प्रदेश सरकारले घोषणा गरेको भए पनि सुर्खेतदेखि मुगुको रारासम्मको ३०० किलोमिटर कर्णाली राजमार्गको सडक स्तरउन्नति गर्न आवश्यक छ । सडकमा खाल्डाखुल्डी लगायतका वर्षायाममा आएको पहिरो नपन्छाएका कारणले सडकको स्तरउन्नति आवश्यक छ ।
सरकारले कर्णाली पर्यटन वर्ष मनाउने भए पनि सडक पर्यटकलाई बास लगायतका पूर्वाधार विकास भने ध्यान दिन र रारा तालसम्म पुग्ने कर्णाली राजमार्गको खाल्डाखुल्डी पुर्ने काम र सडक पूर्वाधार विकासमा सरकारले अहिलेसम्म बजेटको समेत व्यवस्था नगरेको सडक डिभिजनका निमित्त कार्यालय प्रमुख माधव अधिकारीले बताए ।
रारा आसपासका होटलमा बास पाउन गाह्रो
रारा ताल हेर्न आउने आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएपछि रारामा रहेको एकमात्र डाँफे होटल र मुगुको ताल्चा विमानस्थलका होटलहरू भरिभराउ हुन थालेका छन् । रारा घुम्न हवाई तथा स्थलमार्गबाट सहज भएपछि आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएपछि होटलहरू भरिभराउ भएका हुन् ।
रारा ताल घुम्न दिनहुँ हवाई तथा सडकमार्ग भएर ३ सयभन्दा बढी आन्तरिक पर्यटक रारा घुम्न आउने गरेको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।
रारामा घुम्न आउने पर्यटकहरको संख्या पछिल्ला दिनमा निकै बढेको र त्यसका चाप मुगुका होटेलहरूले थाम्न नसकेको र रारा घुम्न आउने पर्यटनले न्यानो कपडा अन्य बन्दोबस्तीका सामान आफैं ल्याउन गरेको ‘भिजिट कर्णाली टुर्स एन्ड ट्राभल्स’ का सञ्चालक राजु कार्कीले बताए ।
हवाई जहाज, बस, जिप र मोटरसाइकलमा आन्तरिक पर्यटक घुम्न आउने गरेका, पर्यटकहरूलाई बासस्थानको समेत समस्या हुने गरेको ताल्चा विमानस्थलका होटल व्यवसायी पूर्णादेवी बमले बताइन् । “ह्वात्तै पर्यटकको चाप बढ्यो,” उनले भनिन्, “पूर्व तयारी बिना पर्यटक चाप एक्कासि बढ्दा हामीले सेवा सुविधा दिन सकिरहेका छैनौं ।”
रारा ताल छेउमै रहेको रारा राष्ट्रिय निकुञ्जको चमेना गृह, डाँफे होटल र रारा भिलेज रिसोटमा बास बस्न ठाउँ अपुग भएपछि पर्यटक डेढ घन्टा टाढाको ताल्चा विमानस्थल, सदरमुकाम गमगढी तथा माझघट्टका होटलमा बास बस्ने गरेका स्थानीय रामबहादुर बुढाले बताए ।
रारा घुम्ने विदेशी पर्यटक कमै
सुन्दर र रमणिय रारा तालमा विदेशी पर्यटकहरू कमै आउने गरेका छन् । रारामा उचित बासस्थान सहज यातायात नहुँदा विदेशी पर्यटकको रोजाइमा रारा कम पर्ने गरेको छ ।
रारा राष्ट्रिय निकुञ्जको तथ्याङ्कअनुसार रारामा बिगत ५ वर्षदेखि विदेशी पर्यटक समान अवस्थामा देखिएको छ । आर्थिक वर्ष ०६२/६३ देखि हालसम्म रारा आउने विदेशी पर्यटकको संख्या एकनासको देखिएको छ ।
रारा घुम्न आएका विदेशी पर्यटकको तथ्याङ्क सबैभन्दा बढी आर्थिक वर्ष ०६७/६८ मा २ सय ७ सबैभन्दा कम आर्थिक वर्ष ०६३/६४ मा ४ जना आर्थिक वर्ष ०७२/७३ मा १ सय ५७ जना, आर्थिक वर्ष ०७३/७४ मा २ सय १ जना विदेशी पर्यटकले रारा भ्रमण गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बताए । ‘चार पाँच वर्षयता रारा घुम्न आउने विदेशी पर्यटकको संख्या एकैनासको छ ।”
आन्तरिक पर्यटक भने धेरै
विदेशी पर्यटकहरू रारामा कम आउने गरेको भए पनि आन्तरिक पर्यटकको संख्या भने निकै बढेको छ । आर्थिक वर्ष ०७२/७३ मा २० हजार, आर्थिक वर्ष ०७३/७४ मा ६० हजारले रारा भ्रमण गरेको अधिकृत चौधरीको बताए । “रारा घुम्न आउने पर्यटकका लागि उचित खाना बस्न तथा मनोरञ्जनको व्यवस्था हुन नसकेका कारण रारा आउने पर्यटकको संख्या वृद्धि हुन नसकेको हो ।”
रारा पुग्दा भुल्ने नहुने छायाँनाथ मन्दिर र चंखेली हिमाल
रारा ताल जाने घुम्न जाने पर्यटकहरूले मुगुकै चैन गाउँमा रहेको छायाँनाथ मन्दिरमा भ्रमण गर्न सकिन्छ । राराताल जत्तिको प्रचार भएको छ । त्यत्तिकै छायाँनाथ मन्दिर पश्चिम नेपालमा चर्चामा छ ।
डोल्पु गाविसमा रहेको छायाँनाथ मन्दीर साउनको जनैपूर्णिमा मेला लाग्ने गर्छ । जुम्लाको ठाकुरको गाथ पुजारीका साथ बाजा गाजा र सुरक्षाकर्मीसहित डोल्फु गाविसमा रहेको छायाँनाथ मन्दिरमा लिएपछि छायाँनाथ तीर्थयात्रा सुरु भएको हुन्छ ।
ठाकुर ज्यूको गाथ जनैपूर्णीमासम्म छायाँनाथ मन्दिरमा रहने र दर्शनको लागि सेती, महाकाली, राप्ती र कर्णाली अञ्चलबाट महिला पुरुष धामी झाँक्रीसहित तीर्थालुको लर्को लाग्ने गरेको छ ।
जनैपूर्णीमामा छायाँनाथमा ५ दिनसम्म पुजापाठ होम ब्रत हुने त्यसमा बरदान माग्न १५ जिल्लाबाट तीर्थालुको ओइरा लाग्ने गरेको छायाँनाथ मन्दिरका पुजारी लक्ष्मीप्रसाद चौलागाईंले बताए ।
चंखेली हिमाल
मुगुको रारातालको भ्रमण रहदाँ एउटा भुल्ने नहुने हिमालका रुपमा चंखेली हिमाले छ । नेपाली एक रुपैयाँको नोटमा चित्रित चंखेली हिमाल ओझेलमा रहेको छ । कतिलाई त थाहा नै छैन कि एक रुपैयाँको नोटमा अंकित चि चंखेली हिमालको हो भनेर ।
मुगु जिल्लाको रुगा गाविसमा रहेको चंखेली हिमाल संरक्षणको अभावमा ओझेलमा परेको छ । यो एकको नोटमा चित्रण भएको हिमाल हो तर पछिल्लो समय चखेली हिमाल संरक्षणमा कसैले चासो नदिँदा ओझेलमा परेको हो ।
रारा छायाँनाथ र चंखेली हिमाल रहेको मुगुमा भएका पर्यटकीय सम्भावना बोकेका यस्ता प्राकृतिक स्रोतको संरक्षण गरी प्रचार–प्रसार र प्रवद्र्धन गर्न सके राम्रो आम्दानी गर्ने ठाउँ भए पनि नसकिएको स्थानीय विश्वराज बुढाले बताए । यो हिमाल आसपासका क्षेत्रमा पनि प्राकृतिक सौन्दर्य मनोरम दुश्यसँगै बहुमल्य जडीबुटी कटुकी, चिराइतो, भुल्त्या सिलाजितलगायतका जडीबुटी पनि पाइन्छ । चखेली हिमाल हुम्ला र मुगुको सिमानामा पर्छ ।
रमेश रावल

प्रतिक्रिया दिनुहोस्